सम्भाव्यताको आधारमा संस्थानलाई पव्लिक लिमिटेडमा लगिने



काठमाडौं । सरकारले सरकारी स्वामित्वको सार्वजनिक संस्थानलाई सम्भाव्यताको आधारमा पव्लिक लिमिटेडमा परिवर्तन गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट घोषणा गर्दै अर्थमन्त्री बर्षमान पुनले मंगलबार यस्तो घोषणा गरेका हुन् । ४४ संस्थानमध्ये २० संस्थानमा सरकारको शतप्रतिशत लगानी छ । यस्तै २४ संस्थानमा आँशिक सेयर छ ।

गत् आर्थिक बर्षसम्म ४१ संस्थान सञ्चालनमा छन् । गत् आर्थिक बर्ष २०७९÷८० मा २६ संस्थानले नाफा कमाएको थियो भने १५ संस्थान घाटामा पुगेको थियो ।

३३ वटा संस्थान कम्पनी ऐन अनुसार स्थापना भएका छन भने विशेष ऐनअनुसार ७, संस्थान संस्थान ऐन अनुसार २, संस्थान ऐनअनुसार १ र सहकारी ऐनअनुसार १ वटा संस्थान सञ्चालनमा छ ।

अर्थमन्त्री पुनले उत्पादन र रोजगारमा योगदान गर्नसक्ने सम्भावना बोकेको रुग्ण उद्योग निजी क्षेत्रको साझेदारीमा सञ्चालनमा ल्याउन मंगलबार घोषणा गरेका थिए ।

विराटनगर जुट मिल, हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योगलाई सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा ल्याइने बजेटमार्फत उनले घोषणा गरेका थिए । त्यस्तै सार्वजनिक संस्थाको सम्पति मौद्रिकीकरण गर्ने पनि उनले घोषणा गरेका थिए ।


क्लिकमान्डु