ललितपुरको खुमलटारमा ज्ञान पार्क स्थापना गर्न १७ करोड बजेट



काठमाडौं। सरकारले ललितपुरको खुमलटारमा ज्ञान पार्क स्थापना गर्न १७ करोड बजेट छुट्याएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त बजेट छुट्याएको घोषणा गरेका हुन्।

‘सूचना प्रविधि हब निर्माणका लागि काठमाडौंको डिल्लीबजार स्थित चार खालमा बहुतले संरचना निर्माण गरिनेछ। ललितपुरको खुमलटारमा ज्ञान पार्क स्थापना गर्न १७ करोड बजेट छुट्याएको छ,’ अर्थमन्त्री पुनले भने, ‘स्वदेशमा उत्पादीत सफट्वेयर प्रयोगकका लागि प्रोत्साहन गरिनेछ।’

सरकारले बजेटमार्फत आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा उत्पादनलाई रोजगारीसँग आबद्ध गर्न पनि सूचना प्रविधिमा आधारित उद्यम स्थापना र सञ्चालन गर्न प्रोत्साहन गर्ने नीति लिने भएको छ।

यसका लागि ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए। सूचना प्रविधिको विकासलाई सरकारले बजेटका ५ रूपान्तरणकारी क्षेत्रभित्र समेत समेटेको छ।


क्लिकमान्डु