प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, बेरोजगारलाई झार उखेल्ने होइन निर्माण‍मा लगाइने



काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिएको छ । अर्थमन्त्री वर्षमान पुनले स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भारका काममा लगाउने बताएका हुन् ।

रोजगारी दिने नाममा सरकारले झार उखेल्ने काम दिएको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको व्यापक आलोचना भएको थियो । तर, सरकारले यो कार्यक्रमलाई निरन्तरता दिएको हो ।

यस वर्ष भने अर्थमन्त्री पुुनले बेरोजगारलारई निर्माण तथा मर्मत कार्यमा रोजगारी दिने बताएका हुन् । कार्यक्रमार्फत् करिब २ लाख जनालाई १०० दिनको रोजगारी दि घोषणा गर्दै उनले ६ अर्ब रुपैयाँ विनियोजन गरे ।


क्लिकमान्डु