गृहमन्त्रीको निर्णय: महिनावारीको समयमा महिला ट्राफिकले सडकमा डिउटी गर्नु नपर्ने



फाइल तस्बिर

काठमाडौं । महिला ट्राफिक प्रहरीले अबदेखि महिनावारीको समयमा ४ दिन सडकमा डिउटी गर्नु नपर्ने भएको छ ।

गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा यस्तो व्यवस्था गरिएको जानकारी दिए ।

महिनावारीका कारण सडक डिउटीमा नरहेका महिना ट्राफिकको सट्टा सडकमा मापसे लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयं सेवकको रुपमा सघाउने गृहमन्त्री लामिछानेको भनाइ छ ।

‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास: अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ’ गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।


क्लिकमान्डु