कैलाश सिरोहियालाई एम्बुलेन्समा अदालत लगियो, ५ दिन म्याद थप्न प्रहरीको माग



जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि प्रहरीले अस्पतालबाट एम्बुलेन्समा अदालत पुर्‍याएको छ । उनलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अदालतसमक्ष अनुमति मागेको छ ।

यसअघि उनलाई अदालतले दुई पटकमा ६ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।

सिरोहिया नागरिकता सम्बन्धी कसुरमा काठमाडौंबाट पक्राउ परेका थिए । दोस्रो पटक ३ दिनका लागि म्याद थप भएको दिन स्वास्थ्यमा समस्या देखिएपछि सिरोहिया अस्पताल भर्ना भएका थिए ।

मुटुको चाल गडबड भएपछि प्रहरीले सिरोहियालाई प्रादेशिक अस्पताल पुर्‍याएको थियो । अस्पतालले त्यहाँबाट रेफर गरेपछि सिरोहिया काव्या अस्पतालमा उपचाररत छन् ।


क्लिकमान्डु