खेल्न अमेरिका जान नपाएपछि सन्दीपले भने- देशको सपना पूरा भएकोमा खुसी छु



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएको भन्दै खुसी व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा लामिछानेले टी-२० विश्वकप खेल्ने नेपालको सपना पूरा भएकोमा खुसी व्यक्त गरेका हुन् ।

अमेरिका र वेष्ट इन्डिजमा हुन केही दिनमा सुरु हुन लागेको टी-२० क्रिकेट विश्कप खेल्न जाने आफ्ना सपना पूरा नभएपछि लामिछानेले यस्तो उल्लेख गरेका हुन् ।
मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

अमेरिकामा खेल खेल्न जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकी दूतावासले भीसा नदिएपछि उनी खेल्न जान पाएका छैनन् ।


क्लिकमान्डु