कांग्रेसले बीपीको मानक भत्कायो, यो लज्जास्पद र औचित्यहीन: स्वर्णिम वाग्ले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बिरोध प्रदर्शन औचित्यहीन र लज्जास्पद भएको टिप्पणी गरेका छन् ।

आइतबार सरकारले पेस गरेको नीति तथा कार्यक्रममा समर्थन जनाउन रोष्ट्रममा पुगेका वाग्लेले कांग्रेसले बीपी कोइरालाले स्थापना गरेको मानकलाई यो अवस्थामा पुर्‍याउनु लज्जाको विषय भएको उनले बताए ।

उनले यो अवस्थामा पुर्‍याउनु लज्जास्पद भएको बारम्बार दोहोर्‍याए

‘६५ वर्षअघि विश्वेश्वर कोइराला वीपीले स्थापना गरेको मानकलाई आज यो अवस्थामा पुर्‍याउन, यो लज्जास्पद, औचित्यहीन बिरोधप्रति मेरो खेद छ,’ वाग्लेले भने, ‘संसदको गरिमालाई अशान्दर्भिक बनाइएको छ ।’

७४ लाख सहकारी वचतर्ताहरुको बचतको समस्या समाधान उन्मुख बनाउन खोज्नुको सट्टा कांग्रेसले व्यक्ति केन्द्रित संसदीय समिति भनेर खराब नजिर बनाउन खोजेको टिप्पणी गरे ।

‘संसदीय छानबिन बनाउने सहमति भइसकेको छ,’ उनले भने,’यो औचित्यहीन कर्मकाण्ड बिरोधको कुनै सान्दर्भिकता छैन , टीओआरमा छलफल भइरहेको छ केही शब्दमा अड्किएको छ । ‘

उनले नीति तथा कार्यक्रममाथिको छलफलभन्दा बाहिरको विषयमा बोलेपछि सभामुखले दुई पटक विषय केन्द्रित हुन अनुरोध गरेका थिए ।
वाग्लेले सम्बोधन गरिरहँदा कांग्रेस सांसदहरुले वेल घेरेर नाराबाजी गरिरहेका थिए ।


क्लिकमान्डु