मोटरसाइकल एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु



दाङ । दाङमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा गंगादेब गाउँपालिका-६ ताप्ला बजार बस्ने ५४ वर्षका वीर बहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो पौने २ बजे लमही नगरपालिका-१ नर्ती चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी ए ए ८७०० नम्बरको मोटर साइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा ३ प ८२४५ नम्बरको मोटर साइकल ठोक्किएका थिए ।

लुम्बिनी ए ए ८७०० नम्बरको मोटर साइकल चालक रुपन्देही गैडहवा गाउँपालेका -७ छत्रपुरुवाका ३१ वर्षीय अजय मिश्रको बायाँ कुम र कम्मरमा भित्री चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

रा ३ प ८२४५ नम्बरको मोटर साइकलमा सवार सोहि ठाउँ बस्ने वर्ष ५७ का कमानसिंह खत्रीको वाँया हात, नाक, कम्मर र दाहिने खुट्टामा चोट लागेको छ ।


क्लिकमान्डु