सिरोहियालाई ५ दिन म्याद थप्न जिल्ला सरकारी वकिल कार्यालयको सिफारिस, अदालतले के गर्ला ?



जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न म्याद थपको सिफारिस गरिएको छ ।

सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता सुदिपकुमार दंगालले थप अनुसन्धानका लागि पाँच दिनको म्याद सिफारिस गरेको जानकारी दिए ।

सिरोहियालाई प्रहरीले हिजो काठमाडौंबाट नागरिकता प्रकरणमा पक्राउ गरी धनुषा लगेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई आज अदालतमा उपस्थित गराएको छ । अदालतबाट उनलाई सरकारी वकिल कार्यालय लगिएको थियो ।

म्याद थपको सिफारिसपछि उनलाई पुनः अदालत लगिएको छ ‌। अब अदालतले कति दिन म्याथ थप दिने वा के गर्ने भन्नेबारे निर्णय गर्ने छ ।


क्लिकमान्डु