कांग्रेस संसदीय दलको आकस्मिक बैठक बस्दै, त्यसपछि पत्रकार सम्मेलन



काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमबार संसदीय दल बैठक बोलाइएको जानकारी दिँदै अब केहीबेरमा बैठक बस्ने बताए । बैठक नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा बस्नेछ।

त्यसपछि ल्होत्से हलमै पत्रकार सम्मेलन आयोजना हुने कांग्रेसले जनाएको छ ।

सोमबार कांग्रेसको नाराबाजीका बीच प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत लिएका थिए । प्रधानमन्त्रीलाई एक सय ५७ जना सांसदले विश्वास मत दिएका छन्।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।


क्लिकमान्डु