संसद सुरु: कांग्रेसले बोल्न समय माग्यो, सभामुखले दिएनन्



काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरु उभिएर बोल्न समय माग गरिरहेका छन् ।

तर सभामुख देवराज घिमिरेले संसदको कार्यसूचीमा विशेष र शून्य समय नरहेको भन्दै बोल्न दिएका छैनन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेको भन्दै उनले कांग्रेस सांसदहरुलाई बस्न आग्रह गरिरहेका छन् ।

कांग्रेस सांसदहरुले सहकारी पीडितलाई न्याय दे, सहकारी ठगलाई कारबाही गर लगायतका नार लगाइरहेका छन् ।


क्लिकमान्डु