गगनमाथि रविको प्रश्न: क्याम्पसमा भएका लुट र अस्पतालका घुसमा पनि छानबिन समिति बनाउने हो र ?



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आफूमाथि सञ्चारमाध्यममा प्रश्न उठेपछि छानबिन गर्नुपर्छ भन्दै माग भइरहँदा यसअघि प्रश्न उठेका हरेक विषयमा छानबिन गर्नुपर्ने माग गरे । क्याम्पसमा भएका लुट र अस्पतालका घुसमा पनि छानबिन समिति बन्नु पर्ने उनले बताए ।

कांग्रेस महामन्त्री गगन थापाको नाम नलिइ लामिछानेले त्रिचन्द्र क्याम्पसको पार्कमा भएको भ्रष्टाचारमा महालेखाले प्रश्न गरेको, त्रिभुवन विश्वविद्यालको वेवसाइट बनाउने भन्दै ५ लाख रुपैयाँ लिएर नबनाएको, प्याक्टबाट १५ करोड रुपैयाँ लिएर सुनखानीमा बाख्रा पालन गरेको, स्वास्थ्यमन्त्रीले १४ करोड रुपैयाँ लिएर विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुलपति बनाएको विषय पनि समाचारमा आएको भन्दै उनले छानबिनका लागि समिति बनाउने हो र ? भन्दै प्रश्न गरे ।

‘सांसदले नै बेचे रातो पासपार्ट’ भन्ने समाचार आएको विषयमा पनि समिति बनाउन उनले आग्रह गरे ।


क्लिकमान्डु