सहमति नलिइ सडक निर्माण गरेको भन्दै कार्यक्षेत्र नमिच्न काठमाडौं महानगरलाई सडक डिभिजनको चेतावनी



काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकालाई आफ्नो कार्यक्षेत्र नमिच्न चेतावनी दिएको छ । डिभिजन कार्यालयले महानगरपालिकासहित नगर कार्यपालिकाको कार्यालय, सार्वजनिक निर्माण विभागलाई पनि यस्तै चेतावनी दिएको हो ।

डिभिजन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने सडकमा कुनै पनि प्रकारको काम गर्दा अनिवार्य रुपमा पूर्वसहमति लिन काठमाडौं महानगरपालिका सहित अन्य सरोकारवाला निकायलाई पत्राचारसमेत गरेको छ ।

डिभिजन कार्यालयको कार्यक्षेत्रभित्रका सडकमा पूर्वसहमति नलिएर पछिल्लो समयमा रंगरोगन, ट्राफिक सेफ्टी, अस्फाल्ट ओभरलेलगायतका पूर्वाधार निर्माण गर्न महानगरपालिकालगायतका सरोकारवाला निकायबाट टेण्डर आह्वान भएको पाइएको पत्रमा उल्लेख गरेको छ ।

त्यस्ता निर्माण कार्य गर्नको लागि सडकहरुको कार्यक्षेत्रमा दुविधा भएर दोहोरोपन हुने सम्भावना बढेको डिभिजन कार्यालयले औल्याएको छ । डिभिजन कार्यालयले सहमति लिएर मात्रै निर्माणलगायतको काम गर्न निर्देशनसमेत दिएको छ ।


क्लिकमान्डु