प्रतिनिधि सभाको बैठक सर्‍यो, विपक्षी एकजुट, सत्तापक्षले के गर्ला ?



काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । शुक्रबार विहान ११ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँसेर दिउसो २ बजेसम्मका लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

बिहीबार बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएपछि आज बिहानका लागि बोलाइएको बैठक बस्न नसकेको हो ।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनु पर्ने अडान कायम राखेको छ । तर सत्ता पक्षले समिति गठनको माग अस्वीकार गरिरहँदा दलहरुबीच सहमति जुट्न सकेको छैन ।

सदनको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछाने छलफल गरेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवाले पनि विपक्ष दलहरूसँग छलफल गरे ।

विपक्षी दलहरु संसदीय छानबिन समिति बनाउन एकमत भएका छन् ।


क्लिकमान्डु