कांग्रेस संसदीय दलको बैठक सुरु



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल बैठक सुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा शुक्रबार बिहान १० बजेदेखि संसदीय दल बैठक सुरु भएको हो ।

प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएपछि त्यसअघि प्रमुख प्रतिपक्षी कांग्रेसले सं‌सदीय दल बैठक गरेको छ।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । तर सत्ता पक्षले भने त्यसलाई स्वीकार गरेको छैन ।


क्लिकमान्डु