बोतलमा चामल भरेर उत्तर कोरियातर्फ किन फ्याँकिरहेछन् यी व्यक्ति ?



दक्षिण कोरियाली पार्क जङ ओ नामका यी व्यक्ति उत्तर कोरियातर्फको समुद्रमा प्लास्टिकका बोतलभित्र चामल भरेर १० वर्षदेखि फाल्दैआएका छन् । समुद्री छालबाट उत्तर कोरियामा बोतल पठाउने यो प्रयास किन गरिरहेका छन् उनी ?

एजेन्सी । दक्षिण कोरियामा सेओकमोडो द्वीपमा सूर्य तेज थियो । तर सितल हावा चलिरहेको थियो । पार्क जङ ओ किनारामा उभिरहेका थिए । र उत्साही हुँदै चामल भरिएको प्लास्टिकको बोतल पानीमा फ्याँकिरहेका थिए । ती बोतललाई समुद्रमा बहाएर उत्तर कोरियासम्म पुर्‍याउनु थियो ।

जङ ओ करिब एक दशकदेखि नै यसरी बोतल फ्याँकिरहेका छन् । तर २०२० मा दक्षिण कोरियाले उनको यस्तो काममा प्रतिबन्ध लगाइदियो । प्रतिबन्धका कारण जङ ओले पनि खुला रुपमा प्लास्टिकका बोतल फ्याँक्न सकेनन् ।

५६ वर्षीय जङ ओ भन्छन्, ‘उत्तर कोरियाली जनताहरु भोकले मरिरहेका छन् । त्यसैले मैले बोतलमा चामल भरेर फ्याँकिरहेको छु । के यो काम यति गलत हो र ?’

गत वर्ष सेप्टेम्बरमा भने दक्षिण कोरियाको अदालतले उनको काममाथिको प्रतिबन्ध हटाइदियो । नयाँ फैसला आएपछि केही महिनासम्म जङ ओ केही महिनासम्म सचेत थिए कि कसैले उनलाई चर्चाका लागि मात्रै यस्तो गरेका थिए भन्लान् कि भनेर । तर उनी कसैलाई आकर्षित गर्नका लागि यस्तो नगरेको बताउँछन् ।

उनले केही महिनासम्म पर्खिरहे । र ९ अप्रिलदेखि प्लास्टिकका बोतलमा चामल भरेर उत्तर कोरियातर्फ फ्याँक्न थाले । उनले समुद्रको छाल तेज भएको दिन पनि पर्खिएका थिए । किनकि तेज छाल भए त्यसले बोतललाई सजिलै उत्तर कोरियातर्फ पुर्‍याउन सक्ने उनको आकलन थियो ।

२६ वर्षअघि उत्तर कोरियादेखि दक्षिण आएका थिए पार्क जङ ओ

पार्क जङ ओको परिवार २६ वर्ष पहिले उत्तर कोरिया छाडेर दक्षिण कोरिया आएको थियो । उनका बाबु उत्तर कोरियाको एक जासूस थिए । र उनले त्यसबेला दक्षिण कोरिया आउने निधो गरे । तर उनको सिंगो परिवार नै देश छाड्न बाध्य भयो । जङ ओका अनुसार उत्तरको सरकारले उनीहरुमाथि निगरानी गर्नुका साथै उनीहरुको बदनामीका लागि अभियान नै चलाएको थियो । पार्क जङका बाबु उत्तर कोरियामा छँदा त्यहाँ प्राय भोकमरीले मरेका मानिसहरुको शव सडकमै देखिने गरेको पार्क जङलाई सुनाएका रहेछन् ।

करिब एक दशकदेखि प्लास्टिक फाल्दै पार्क

पार्क जङ ओ करिब एक दशकदेखि चामल भरिएको प्लास्टिकका बोतल फाल्न थालेको एक दशक भएछ । २०१५ मा पार्कले आफ्नी पत्नीसँग उक एनजीओ क्युन सेम स्थापना गरे । उक्त एनजीओको उद्देश्य उत्तर कोरियाको ह्वांगहे प्रान्तमा प्लास्टिक बोतल आपूर्ति गर्नु थियो ।

उनले कोरिया इन्स्टिच्युट अफ ओसन साइन्स एन्ड टेक्नोलोजी र स्थानीय डुंगा चालकहरुसँग समुद्रको उच्च क्षेत्रको बारेमा सल्लाह र परामर्श लिए । किनकि जुन दिन पानीको बहाव तेज हुन्छ त्यस दिन बोतललाई उत्तर कोरिया पुर्‍याउन चार घण्टा मत्रै लाग्छ ।

२ लिटरको प्लास्टिकको बवतलमा एक किलो चामल साथै युएसबी पनि राखिन्थ्यो । त्यसमा कोरियन ड्रामाको भिडियो र कोरियन पप गीत समेटिएको हुन्छ । र त्यसले उत्तर र दक्षिणबीचको भिन्नताबारे व्याख्या गर्थ्यो । उनी भन्छन्, -‘ज्यादै धेरै मानिसहरु उत्तर कोरियामा बिजुली आपूर्ति छैन भनेर सोच्छन् । तर मैले सुनेको छु कि चीनको माध्यमबाट आएको सम्पूर्ण सोलार प्लान्ट कोरियामा लगाइएको छ । ब्याट्री चार्ज गर्नमा यसको प्रयोग गरिन्छ । विशेषगरी गर्मीमा यसको प्रयोग बढी हुने गर्छ ।’

कहिले कहिले त उनी प्लास्टिकका बोतलभित्र अमेरिकी डलर पनि भरेर पठाउने गर्छन् । कोरोना महामारीको क्रममा पार्क र उनकी पत्नीले दुखाइ कम गर्ने औषधि र मास्क पनि प्लास्टिकका बोतलमा पठाएका थिए । तर पार्क जङ र उनी पत्नीले गोप्य रुपमा नै बोतल पठाउने गरेका थिए । किनकि डिसेम्बर २०२० देखि बोतल पठाउन प्रतिबन्ध लगाइएको थियो ।

किम यो जोङको चेतावनी

यस्तो कामलाई लक्षित गर्दै केही महिनाअघि उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले अभियन्ताहरुलाई चेतावनी दिएकी थिइन् । उत्तर कोरियाको विरोध गर्ने किसिमका पर्चा नपठाउन उनले चेतावनी समेत दिएकी थिइन् । यसरी पर्चा फ्याँक्दा दुई देशबीच सम्झौता उल्लंघन हुने उनको भनाइ थियो ।

त्यसँगै दुई देशबीच गैरसैन्यकरण क्षेत्र नजिकै केसोङ प्रान्तमा दक्षिण कोरियासँगको संयुक्त सम्पर्क कार्यालयलाई उत्तर कोरियाले हमला गरेर ध्वस्त पारिदियो । त्यसपछि नै दक्षिण कोरियामा प्रतिबन्धलाई लिएर लगाइएको कानुन विवादास्पद बन्यो । साथै यस्तो कदमलाई लिएर किम यो जोङको आदेश भन्दै आलोचना पनि गरेका थिए । त्यससँगै दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति मून जे इनमाथि पनि आरोप आउन थाल्यो । उनले उत्तर कोरियालाई खुसी बनाउन प्रतिबन्धको निर्णय गरेको भन्दै उनको आलोचना भयो ।

सरकारले आफ्नो निर्णयको बचाउलाई लिएर सीमा क्षेत्रमा सुरक्षाको मुद्दा भनिरहेको थियो । यसरी प्रतिबन्ध हटाइएपछि पनि पार्कका लागि प्लास्टिकका बोतल फ्याँक्ने काम मुस्किल हुँदैछ । यसका लागि चर्च र मानवअधिकार संगठनले पहिले चन्दा दिने गरेका थिए । तर हाल त्यो लगभग बन्द छ ।

२०२० पछि उत्पन्न समस्या पार्कले अहिले पनि झेल्नु परेको छ । कतिपय अवस्थामा त उनले प्रहरी र सैनिक निगरानीका बीच बोतल फाल्नु परेको थियो । सरकारी अधिकारीहरुले त उनले बोतलमा संवेदनशील वा गोप्य पर्चा राखेका पो छन् कि भनेर निगरानी गरेका थिए । जवकि पार्कले यस्ता थुप्रै कठिनाइका बावजुद यस्तो काम छोड्ने अवस्थामा नपुग्ने बताउँदै आएका छन् ।

पार्क भन्छन्, -‘एकपटक मैले सुनेको थिएँ, एक उत्तर कोरियाली बोतलको चामल देखेर अचम्मित भएका थिए रे । तर उनले चामललाई उठाएर पहिले कुकुरलाई दिएछन् । कुकुर चामल खाएपछि ठीकठाक थियो । फेरि उसले चामल बेचेर पैसा लिएछ । जुन पैसा उनले त्यसबाट मकै लगायत अन्न किनेछन् ।’ २०२३ मा एक परिवारका ९ सदस्य उत्तर कोरिया छोडेर दक्षिण कोरिया आएका थिए । उनीहरुले नै आफूलाई यसबारे जानकारी दिएको बताउँछन् पार्क ।

-बीबीसी हिन्दीबाट


क्लिकमान्डु