जिबी राईको पासपोर्ट रद्द गर्न अदालतले गर्‍यो अस्वीकार



पोखरा । सहकारी ठगी मुद्दामा फरार रहेका जिबी राईको राहदानी रद्द गर्न अदालतले अस्वीकार गरेको छ ।

आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले राईको राहदानी रद्द गर्न अस्वीकार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्‍कीले राईलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्नुपर्ने माग सरकारी वकिल कार्यालयमार्फत् अदालतमा अनुमति माग गरेको थियो । तर न्यायाधीश कोइरालाको इजलासले माग बमोजिम आदेश नहुने निर्णय गरेको हो ।

सरकारी वकिल कार्यालयले राहदानी ऐन, २०७६ को दफा १५ बमोजिम रद्द गर्न माग गरेको थियो । तर इजलासले राहदानी ऐनको दफा १२ मा सहकारी सम्बन्धी कसुर उल्लेख नभएको भन्दै राहदानी रद्द गर्न अस्वीकार गरेको हो । राहदानी रद्द गर्नका लागि अदालतको आदेश चाहिन्‍छ।

यद्यपि जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नै उनको राहदानी रोक्का गर्न राहदानी विभागमा पत्राचार गरेको छ ।


क्लिकमान्डु