मुक्तिनाथ विकास बैंकले ग्रिन हाइड्रोजन इन्धनको अनुसन्धान गर्न सघाउने



काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्रिन हाइड्रोजन इन्धनका अनुसन्धानको लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेको छ । एक कार्यक्रमबीच बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले काठमाडौं विश्वविधालय अन्तर्गत रहेको ग्रिन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. बिराज सिंह थापाले काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको उपस्थितिमा हस्ताक्षर गरे ।

ग्रिन हाइड्रोजन ल्याबले ग्रिन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्नेछ । यस सहयोगबाट नेपालमा रहेको प्राकृतिक स्रोतको असिमित सम्भावनाहरुलाई अनुसन्धान गर्ने मौकासँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास बैंकले लिएको विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु