कोरोनाको अस्ट्राजेनेका खोपले दिमागमा असर परेको भन्दै बेलायतमा मुद्दा



एजेन्सी । बेलायतमा जेमी स्टक नामका एक व्यक्तिले अस्ट्राजेनेका कोरोना भ्याक्सिनको कारण आफ्नो दिमागमा असर परेको दाबी गर्दै उजुरी दिएका छन् । अदालतमा उनले दिएको दस्तावेजमा कोरोनाविरुद्धको भ्याक्सिनले केही मानिसको असामान्य साइड इफेक्ट हुनसक्ने दाबी गरिएको छ ।

उनका वकिलले औषधि कम्पनीले आफ्नो कानुनी अडानमा परिवर्तन गरेको बताएका छन् । कतिपय मानिसले त उक्त औषधि कम्पनीमाथि भ्याक्सिनको साइड इफेक्टको क्षतिपुर्ति माग गर्दै मुद्दा दायर गरे । मुद्दा दायर गर्नेहरुले उक्त भ्याक्सिनको कारण आफ्ना केही आफन्तहरुलाई गुमाउनु परेको दाबी गरेका छन् ।

तर थुप्रै अधययनले भने एक्स्ट्राजेनेकासहितका कम्पनीहरुका कोरोना भ्याक्सिनका कारण विश्वभर करोडौं मानिसहरुको ज्यान बचेको रिपोर्ट दिएका छन् । यसका बावजुद एक्स्ट्राजेनेकामाथि क्षतिपुर्ति माग गर्दै जेमीले गत वर्ष मुद्दा दायर गरेका हुन् ।

अप्रिल २०२१ मा एक्स्ट्राजेनेकाको कोरोना भ्याक्सिन लिएपछि जेमी स्टकको मस्तिष्कमा रगत जमेको उनकी जिकिर थियो । जसकारण आफ्नो मस्तिष्कमा असर परेको जेमीको भनाइ छ । यसै कारण उनले काम पनि गर्न नसकेको बताइरहेका छन् । जेमीले उपभोक्ता संरक्षण ऐन अन्तर्गत मुद्दा दायर गरेका हुन् ।

उनको आरोप के पनि छ भने, एक्स्ट्राजेनेका भ्याक्सिन खराब थियो । र यो मानिसहरुको अपेक्षाभन्दा अत्यधिक कम सुरक्षित थियो । जसका लागि उक्त कम्पनी जिम्मेवार रहेको उनको आरोप छ ।

एक्स्ट्राजेनेकाले भने क्षतिपुर्ति दाबीको बिरोध गरिरहेको छ । जवकि कम्पनीले इङ्ग्ल्याण्डको उच्च अदालतमा यही वर्ष फेब्रुअरीमा बुझाएको दस्तावेजमा उसको भ्याक्सिनबाट केही ज्यादै असामान्य अवस्थामा टीटीएस हुनसक्छ । यस मामिलामा जोडिएका वकिलले भने टीटीएसको अर्थ थ्रम्बोसिस विथ थ्रम्बोसाइटोपेनियाको संकेत हुन्छ । खोप लगाएपछि यस्तो भएमा यसलाई विआईटीटी वा भ्याक्सिन इन्ड्युस्ड इम्युन थ्रम्बोसाइटोपेनिया पनि भनिन्छ ।

टीटीएस/वीआईटीटीलाई एक असामान्य अस्वस्थता मानिन्छ । जसकारण थ्रम्बोसिस (रगत जम्ने) वा थ्रम्बोसाइटोपेनिया (प्लेटलेटको कमी) एकैसाथ हुन्छ । टीटीएस/वीआईटीटीको नतिजा ज्यादै खतरनाक वा जुयानै लिनसक्ने पनि हुन्छ । यसले गर्दा दिमागमा रगत जम्नुका साथै रक्तसञ्चार पनि रोकिनसक्छ । साथै शरीरको केही अंगमा पनि क्षतिपुर्‍याउन सक्ने बताइन्छ ।

थ्रम्बोसिस वा रगत जम्ने यस्तो समस्या खोप नलगाएका मानिसहरुमा अलग अलग रुपमा पनि देखिनसक्छ । तर टीटीएस/वीआईटीटी जस्तो असामान्य समस्या खोप लगाएपछि मात्रै रगत जम्नुको कारण हुन्छ ।

मे २०२३ मा पठाइएको एक पत्रको जवाफमा जेमी स्टकका वकिलले एक्स्ट्राजेनेकाले आफूसँग सामान्यत: टीटीएस आम रुपमा भ्याक्सिनको कारण हुने कुरा स्विकार नगर्ने जनाएको बीबीसीलाई जनाएका थिए । तर फेब्रुअरीमा अदालतमा उपस्थित गराइएका कानुनी दस्तावेजमा एक्स्ट्राजेनेकाले भनेको छ-‘एक्स्ट्राजेनेकाको भ्याक्सिनले केही ज्यादै असामान्य मामिलामा टीटीएस हुनसक्छ । तर यो कसरी हुन्छ । यो थाहा छैन ।’

कम्पनीले आफूमाथि मुद्दा दायर गर्ने हरेक मानिसले आफूलाई टीटीएस नामको रगत जम्ने समस्या अरु कुनै कारणले नभएर भ्याक्सिनकै कारण हो भन्ने पुष्टि गरुन् भन्ने चाहेको जनाएको छ । भारतमा महाराष्ट्रको कम्पनी सीरम इन्स्टिच्युट अफ इन्डियाले २०२१ मा एक्स्ट्राजेनेकाबाट कोरोना भ्याक्सिन बनाउने ठेक्का ललिएको थियो ।

यस मामिलामा जेमी स्टकसँगै अन्यले पनि संयुक्त रुपमा मुद्दा दायर गरेका थिए । उनीहरुका वकिलहरुका अनुसार यस मामिलामा एक्स्ट्राजेनेकाको अडानमा फेरबदल आएको छ । ले डे नामको लिगल फर्मकी सारा मूरले बीबीसीलाई भनेकी छन्, ‘एक्स्ट्राजेनेका भ्याक्सिनले टीटीएस हुने स्वीकार गर्नु कडा कबुल हो ।’ कम्पनीले आफ्नो अडानमा फेरबदल गरेको साराको भनाइ छ । एक्स्ट्राजेनेकाको यस्तो कबुलनामाबाट पीडितहरुले क्षतिपुर्ति पाउने बाटो खुल्नसक्ने पनि साराले बताएकी छन् ।
(बीबीसी हिन्दीबाट)


क्लिकमान्डु