जीडीपीमा सबैभन्दा बढी कृषि, वन र मत्स्य क्षेत्रको योगदान



काठमाडौं । चालु आर्थिक बर्षको कुल गार्हस्थ उत्पादन(जीडीपी) मा कृषि, वन र मत्स्य क्षेत्रको योगदान बढी गरेको पाइएको छ।

केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक बर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । चालु आर्थिक बर्षमा औद्योगिक वर्गीकरणअनुसार १८ क्षेत्रमध्ये कुल गार्हस्थ उत्पादनमा कृषि, वन र मत्सय क्षेत्रले सबैभन्दा बढि योगदान गरेको पाइएको हो ।

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक बर्षको जिडीपीमा यो क्षेत्रले २४.०९ प्रतिशतले योगदान गरेको छ । यसपछि दोश्रो नम्बरमा थोक तथा खुद्रा व्यापार र सवारी साधनको रिपेयर क्षेत्रले १३.८४ प्रतिशतले योगदान गरेको छ । यसपछि सार्वजनिक प्रशासन क्षेत्रले ९.६३ प्रतिशतले योगदान गरेको छ ।

तथ्यांक कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मीका अनुसार धान, फलफूल, दूद्य, तरकारी, माछामासुको उत्पादनमा बृद्धि र वन क्षेत्र बढेका कारण जीडीपीमा कृषि, वन र मत्स्यको योगदान सबैभन्दा बढी देखिएको हो । कृषि क्षेत्र प्राथमिक तहमा पर्छ । यहि प्राथमिक तहमा निर्भर भएर अघि बढने दोश्रो औद्योगिक क्षेत्रको योगदान भने निक्कै कम देखिएको छ । उत्पादन क्षेत्रको योगदान ४.८७ प्रतिशत मात्रै रहेको पाइएको छ ।

यहि औद्योगिक क्षेत्रमा आधारित अन्य सेवा क्षेत्रको योगदान पनि निक्कै कम रहेको पाइएको छ । औद्योगिक क्षेत्रको तुलनामा जिडीपीमा यातायात तथा भण्डारण क्षेत्रले बढि योगदान पुर्याएको छ । यो क्षेत्रले जिडीपीमा ७.२८ प्रतिशतले योगदान गरेको छ । जिडीपीमा रियल स्टेटको ८.३३ प्रतिशत, विद्युत र ग्यासको १.८१ र निर्माण क्षेत्रले ५.४१ प्रतिशतले योगदान पुर्याएको छ ।


क्लिकमान्डु