लेखा समितिको क्षमता विकास गर्न दुई दिन गोष्ठी गर्दै नेफ्स्कुन, के होला उपलब्धी ?



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी गर्ने भएको छ । गोष्ठी आगामी बैशाख २५ र २६ गते काठमाडौंको सोल्टी होटलमा हुनेछ ।

नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवजी सापकोटाका अनुसार गोष्ठीले लेखा समितिमा रहेका व्यक्तिहरुको ज्ञान, सीप र क्षमतामा विकास गरी संस्थागत सुशासन कायम गर्न टेवा पु¥याउने अपेक्षा छ ।

गोष्ठीमा लेखा समितिको भूमिका, जिम्मेवारी, जवाफदेहिता र विश्व अभ्यास जस्ता विषयलाई समेटेर कार्यपत्रहरु प्रस्तुत गरिने हुँदा सहभागिहरुका लागि गोष्ठी उपलब्धीमूलक हुने उनको दाबी छ ।

गोष्ठीमा विश्व ऋण परिषद्, एशियाली ऋण महासंघ, नेपाल राष्ट्र बैंक, आईक्यान र सहकारी विभागका साथै अभियानका तर्फबाट कार्यपत्र प्रस्तुत गरिने उनले बताए । गोष्ठीबाट संस्थाहरुलाई सुशासनमा हिँडाउन र लेखा समितिमा रहेका व्यक्तिहरुको क्षमता विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

लेखा समितिको चासो र क्षेत्रहरुको बुझाइ एवम् प्रभावकारीता वृद्धि गरी संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूति गर्ने, संस्थागत परीक्षणका क्षेत्र, विधि, प्रक्रिया र प्रतिवेदन प्रणालीमा एकरुपता कायम गरी परीक्षणमा जिम्मेवार पक्षहरुबीच प्रभावकारी सम्बन्ध विकास गर्ने र सुरक्षित साकोस निर्माणका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय औजारहरुको आन्तरिकीकरण गर्ने उद्देश्यले गोष्ठी आयोजना गरेको नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले बताए । गोष्ठीमा लेखा समितिका संयोजक, सदस्य एवम आन्तरिक लेखा परिक्षकलाई समेटिने जनाइएको छ ।

साकोस अभियानको संस्थागत सुशासन प्रभावकारी बनाउन आन्तरिक नियन्त्रण प्रणालीको मुख्य पक्ष लेखा सुपरिवेक्षण समितिको साझा एवम् स्तरीय बुझाइ विकास गर्ने उद्देश्यले २०७३ सालमा पहिलो पटक यस्तो गोष्ठी आयोजना गरेको थियो ।
नेफ्स्कुनले २०७३ मा लेखा सुपरिवेक्षण गोष्ठी गरेको भएपनि त्यसयता सहकारी संस्थाहरुमा ठग्ने र गठिने क्रम बढेको छ ।
सहकारी अभियानमा लागेका मान्छे ३१ हजार सहकारीमा २, ४ सय सहकारीबाट बचतकर्ता ठगिनुलाई सामान्य मान्दै आएका छन् । २०७३ यता सहकारी ठगीने क्रम झनै बढेको छ ।

उक्त गोष्ठीमा सहभागी हुनका लागि १५ हजार शुल्क लाग्ने छ । महिला र बिपन्न वर्गलाई सहुलियत दिने नेफ्स्कुनले जनाएको छ । गोष्ठी पछि सबैको सुझावलाई समावेश गरी घोषणापत्र जारी गरिने छ ।

घोषणापत्रको आधारमा सहकारी प्रवद्र्धन एवम् सम्वद्र्धन गर्न नबिनतम् प्रविधिहरुको अबलम्बन र सोको लागि दक्षतायुक्त जनशक्ति व्यवस्थापन कसरी गर्ने भन्ने बारे नीति निर्माताहरूलाई थप सुझाव प्रदान गर्ने र ती सुझावहरूलाई सहकारीका नियमनकारी निकायमार्पmत सरकारी रणनीति र नीतिहरूमा समावेश गराउन पहल गरिने उनको भनाइ छ । गोष्ठिमा स्वदेशी तथा विदेशी गरी ४३० जना भन्दा बढीको सहभागीता हुने बताइएको छ ।

गोष्ठीमा संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूति, स्वस्थ एवम् सुरक्षित साकोस निर्माण, लेखासुपरिवेक्षण समितिको अभ्यास, नियामकीय दृष्टिकोणमा सहकारी क्षेत्रको विद्यमान समस्या र समाधानमा सदस्य र समितिको भूमिका, वित्तीय सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली, संस्थागत सुरक्षा र सुपरिवेक्षणमा वित्तीय क्षेत्रको अभ्यास र साकोस अभियानका विषयमा छलफल बताइएको छ । यो गोष्ठीको उपलब्धी मूलक हुने वा नहुने भन्ने विषयमा विभिन्न प्रश्न उठेका छन् ।


क्लिकमान्डु