एक्कासी किन चीन पुगे एनल मस्क ?



एजेन्सी । विश्वको तेस्रो धनी व्यक्ति तथा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क चीन पुगेका छन् । मस्कको आकस्मिक चीन भ्रमण देशमा फुल सेल्फ–ड्राइभिङ सफ्टवेयर जारी तथा विदेशमा डाटा ट्रान्सफर गर्ने अनुमतिबारे छलफलमा केन्द्रित रहने बताइएको छ ।

रोयटर्सका अनुसार मस्कले चीनियाँ वरिष्ठ अधिकारीहरूसँग भेट्नेछन् । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले ४ वर्षअघि नै अटोपाइटल सफ्वेयरको सबैभन्दा नवीनतम संस्करण फुल सेल्फ–ड्राइभिङ ल्याएपनि चीनमा भने उपलब्ध गराएको छैन । चीन टेस्लाको दोस्रो ठूलो बजार हो ।

मस्कले यही महिना सामाजिक सञ्जालमा जवाफ दिँदै चीनियाँ ग्राहकका लागि यो सुविधा ‘छिट्टै’ उपलब्ध गराउने घोषणा गरेका थिए । टेस्लाको चीनियाँ प्रतिस्पर्धी एक्सपेङले भने मिल्दोजुल्दो सफ्टवेयर ल्याएर बजारमा प्रभुत्व जमाउने प्रयास गरिरहेको छ ।

चीनमा संकलन गरेको तथ्यांक प्रशोधन गरेर स्थानीय बजारका लागि सुहाउँदो सफ्टवेयर बनाउन स्वीकृतिको प्रतीक्षामा मस्क छन् ।

टेस्लाले सन् २०२१ देखि नै चीनमा तथ्यांक संकलन गरिरहेको छ ।


क्लिकमान्डु