हावाहुरीका कारण अवतरण हुन नसकेपछि दुई विमान भारत डाइभर्ट, भिस्ताराको जहाज आकाशमै



काठमाडौं । मौसममा आएको खराबीका कारण जहाजको उडान अवतरणमा असर परेको छ ।

मंगलाबार अपराह्नपछि बिग्रिएको मौसम तथा हावाहुरीका कारण दुईवटा अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण गर्न नसकेर डाइभर्ट भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार हावाहुरीका कारण अवतरण गर्न नसकेर फ्लाई दुबइ र इण्डिगो एयरलाइन्स डाइभर्ट भएर लखनउ गएका छन् । भिस्तारा एयरलाइन्सले भने केही समेदेखि होल्ड गरिरहेको छ भने हावहुरी रोकिएपछि अवतरण गर्ने कार्यालयले जनाएको छ ।

अन्तरिक उडानको श्री एयरलाइन्सको एउटा जहाज भने काठमाडौंबाट ३२ नटिकल माइल टाढा पुगेपछि इन्डिकेसनमा समस्या देखिएका कारण काठमाडौं विमानस्थल मै फर्किएको छ ।


क्लिकमान्डु