खराब मौसमले आन्तरिक उडान भद्रगोल, १४२ उडान प्रभावित



काठमाडौं । खराब मौसमका कारण बिहीबारको आन्तरिक उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको आन्तरिक टर्मिनल विभागका अनुसार मौसमको खराबीले आज (बिहीबार)को उडान भद्रगोल भएको छ ।

समयमा उडान नभएको, भएका उडान पनि डिले भएको, काठमाडौंबाट उडेका जहाज बाहिरी विमानस्थलमा अवतरण गर्न नसक्ने र बाहिरबाट मौसम खुलेका बेला आएको पनि काठमाडौं विमानस्थलमा अवतरण गर्न नसकेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयको आन्तरिक टर्मिनल विभागले जानकारी दिएको छ । आज १४२ उडान प्रभावित भएको कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार आज लुक्ला, र पोखराको इनरुट वेदर बिग्रिएका कारण उडान ठप्प छ । पर्वतीय उडान पनि एउटा मात्रै हुन सक्यो भने अरु भएको छैन ।

आन्तरिक गन्तव्यमा अन्य विमास्थलमा पनि जहाजलाई अवतरण गर्न पुग्ने भिजिबिलीटी नभएका कारण उडान तथा अवतरण प्रभावित भइरहेको छ । मौसम खुलेका र इनरुट वेदर खुला भएको गन्तव्यमा भने उडान भइरहेको छ ।

विमानस्थल कार्यालयका अनुसार विहानैदेखि विग्रएको मौसममा सुधार हुँदै जान भद्रपुर, भैहरवा, धनगढीसहितका गन्तव्यको उडान भने ११ बजेपछि खुल्न थालेका छन् ।


क्लिकमान्डु