अमेरिकामा एप्पलले एकाधिकार सिर्जना गरेको भन्दै मुद्दा



एजेन्सी । विश्वकै ठूलो प्रविधिसम्बन्धी कम्पनी एप्पलविरुद्ध अमेरिकी बजारमा एकाधिकार सिर्जना गरेको भन्दै मुद्दा दायर भएको छ ।

एप्पलविरुद्ध प्रविधिको स्मार्टफोन बजारमा एकाधिकार सिर्जना गरेको र प्रतिस्पर्धीहरुलाई हटाउने गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको हो । कम्पनीले भने आफूहरुमाथि लागेको यो आरोप तथ्य र सत्यताविहीन रहेको भन्दै नकारेको छ ।

एप्पलविरुद्ध हालिएको मुद्दामा न्यायिक विभागले आईफोनको एप स्टोरलाई आफूले नियन्त्रणमा राखेर दुरुपयोग गरेको पनि आरोप लगाइएको छ । प्रधिस्पर्धीका उत्पादनलाई कम आकर्षक बनाउनका लागि अवैद्ध कदम उठाउने गरेको पनि आरोप लगाइएको छ ।

कम्पनीले आफ्नो बजार शक्तिको प्रयोग गरेर उपभोक्ता, डेभलपर्स, कन्टेन्ट क्रियटर्स, सिर्जनात्मक व्यक्ति, पब्लिसर्स, साना उद्यमीलगायतबाट धेरै पैसा कमाउन गर्ने गरेको आरोप लगाइएको छ । एप्पलले आफ्ना प्रतिस्पर्धी कम्पनीका स्मार्टवाचहरुलाई एप्पलको आइफोनसँग कनेक्ट गराउन कठिनाई गराएको आरोप पनि लगाइएको छ ।

त्यस्तै, एप्पलमाथि सुपरएपहरुको सिर्जनामा पनि रोक लगाइएको आरोप छ । मेटाजस्ता अन्य कम्पनीहरुले लामो समय आईफोनका लागि आफ्नो सुपरएप सार्वजनिक गर्न चाहिरहेका छन् ।

एप्पलले आफ्ना नीतिहरुको तागतमा विभिन्न रुपमा उपभोक्ता र एप्पलका केही सुविधाहरुका साथ प्रतिस्पर्धिसँगै साना कम्पनीहरुलाई नोक्सान पुर्याएको आरोप मुद्दामा लगाइएको छ ।

एप्पलविरुद्ध मुद्दा दायर भएसँगै अमेरिकी सेयर बजार वाल स्ट्रिटमा एप्पलको सेयर मूल्यमा पनि असर देखिएको छ । गत बिहीबार उक्त मुद्दा दायर भएको दिन एप्पलको प्रति सेयरको मूल्य ४.०९ प्रतिशतले गिरावट भएको थियो ।


क्लिकमान्डु