स्वास्थ्य क्षेत्रमा विपन्न वर्गको राहतका लागि चेम्बरले महायज्ञ लगाउँदै



काठमाडौं । स्वास्थ्य क्षेत्रमा विपन्न बर्गको पहुँच पुर्‍याउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको संयोजकत्वमा पशुपति क्षेत्रमा महायज्ञ सुरु भएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न बर्गलाई स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने उद्देश्यले महायज्ञ मार्फत राहत संकलन गर्न लागिएको चेम्बरले जनाएको छ ।

पशुपति क्षेत्रमा चैत १ देखि ७ गते सम्म हुने श्री गीता ज्ञानविज्ञान नेपाल महिमा महायज्ञमा धर्माचार्य आचार्य चैतन्य कृष्णद्धारा प्रवचन हुने चेम्बरका अध्यक्ष मल्लले जानकारी दिए ।

महायज्ञबाट उठेको रकमबाट विपन्न वर्गका लागि अस्पताल भवन निर्माण गरिने मल्लले बताए । चेम्बरले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएको छ ।


क्लिकमान्डु