कोरियन भाषा परीक्षा फाल्गुन ७ गतेबाट हुने



काठमाडौं । २०२३ को कोरियन भाषा परीक्षा फागुन ७ गतेबाट हुने भएको छ ।

सन् २०२३ को उत्पादन क्षेत्र (म्यानुफेक्चरिङ) तर्फको कोरियन भाषा परिक्षा फाल्गुन ७ गते बाट हुने वैदेशिक रोजगार विभागको ई.प.एस. कोरिया शाखाले जनाएको छ ।

शाखाकाअनुसार परिक्षार्थीहरुको परिक्षाको रजिस्ट्रेसन नम्बरअनुसार परिक्षा हुनेछ । परिक्षा हुने स्थान भने राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान भैसिपाटीमा रहेको युबिटी बिल्डिङमा हुने जनाइएको छ ।

परिक्षा दिनेहरुले परिक्षाको दिन सक्कल राहदानी र प्रवेश पत्रसहित उपस्थित हुनुपर्ने र नभएमा परिक्षामा समावेश हुन नदिने पनि शाखाले जनाएको छ ।


क्लिकमान्डु