काठमाडौंबाट धनगढी उडेका दुई विमान अवतरण हुन सकेनन्, सुर्खेत डाइभर्ट



काठमाडौं । प्रतिकुल मौसमका कारण काठमाडौंबाट धनगढी उडेको दुईवटा एयरलान्सको उडान प्रभावित भएको छ ।

धनगढी विमानस्थलको मौसम प्रतिकुल भएका कारण काठमाडौंबाट उडेको जहाजले सो विमानस्थल अवतरण गर्न नसकेपछि सुर्खेत डाइभर्ट भएको हो ।

बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुध्द एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलले जानकारी दिएको छ ।

ती दुबै एयरलाइन्सको जहाज सुर्खेत विमानस्थलमा अवतरण भएका छन् । श्री एयरलाइन्सकको जहाज बुधबार विहान ९ बजेर ३९ मिनेटमा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को लगाउँदा समेत विमानस्थल नखुलेपछि सुर्खेत विमानस्थलमा अवतरण गर्नुपरेको उल्लेख छ ।

बुध्द एयरले पनि प्रतिकुल मौसमका कारण विमान अवतरण हुन नसकेपछि फर्किएको बुध्द एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले बताए ।

उनका अनुसार बिहान ९ बजेर ४० मिनेटमा काठमाडौंबाट उडेको जहाज कर्णालीको आकाशबाटै फर्किएर सुर्खेत विमानस्थलतर्फ गएको थियो । सुर्खेत विमानस्थलमा अवतरण गरेको विमान मौसम खुलेसँगै पुनः धनगढीका लागि उड्ने तयारीमा रहेको पनि उनले बताए ।


क्लिकमान्डु