एक अर्ब २० करोड लगानीमा सोलार फार्म बन्दै, १५ मेगावाट बिजुली उत्पादन हुने



काठमाडौं । लुम्बिनीको कपिलवस्तुमा एक अर्ब २० करोड लगानीमा सोलार फार्म-२ निर्माण गर्ने भएको छ ।

पशुपति रिन्यूएबल्स प्रालिले शिवराज नगरपालिकाको धरमनगरमा १ अर्ब २० करोड रुपैयाँ लगानीमा धरमनगर सोलार फार्म दोस्रो निर्माण गर्ने भएको हो ।

कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरिसकेको छ । उक्त आयोजनाबाट १५ मेगावाट बिजुली उत्पादन हुने छ ।

प्रतिवदनअनुसार सौर्य उर्जाबाट औषत वार्षिक ३०.२ गिगावाट प्रतिघण्टा उर्जा उत्पादन हुनेछ । कम्पनीले क्रिस्टलाइन मोनो सिलिकन (सोलार प्यानल)को प्रयोग गर्नेछ । प्रतिप्यानल उत्पादन ६७० वाट पिक क्षमता हुनेछ ।

प्यानलहरुको कुल क्षेत्रफल ७८ हजार ६२ वर्गमिटर हुनेछ । आयोजनामा २५ हजार १ सय प्यानल हुनेछन् । प्रतिवेदनमा स्ट्रिङ इन्भरर्टरको प्रतिक्षमता २ सय किलोवाट हुने उल्लेख छ । आयोजनाका लागि १७ हेक्टर क्षेत्रफल आवश्यक पर्नेछ ।

कम्पनीले उक्त आयोजना १२ महिनामा निर्माण कार्य सम्पन्न गर्ने जनाएको छ । साथै, उक्त आयोजनाको अवधि २५ वर्षको हुनेछ।


क्लिकमान्डु