लेबनानमा हमासका उपप्रमुखको मृत्युपछि युद्ध इजरायलभन्दा बाहिर गएको हो ?
एजेन्सी । इजरायल र हमासबीच भइरहेको युद्धको सुरुवातसँगै पूरै मध्यपूर्व र त्यसभन्दा बाहिरसम्म फैलिएको त्रास, अब हमासका वरिष्ठ अधिकारीको हत्यासँगै थप बढेको छ ।
हमासको राजनीतिक शाखाका उपप्रमुख सालेह अल-अरुरीको मृत्यु हालै लेबनानको बेइरुतको दक्षिणी क्षेत्रमा भएको एक ड्रोन हमलामा भएको छ ।
अरुरी हमासको सशस्त्र इजेदीन अल-कासम ब्रिगेडसँग जोडिएका एक महत्त्वपूर्ण नेता थिए । उनलाई हमास प्रमुख इस्माइल हानियाको निकटका सहयोगी मानिन्छ ।
हिज्बुल्लाह र हमासबीच सम्बन्ध बनाइराख्नका लागि उनी लेबनानमा बसेका थिए । गत वर्ष अक्टोबरमा हमासले हमला गरेसँगै सुरु भएको इजराइल-गाजा युद्धभन्दा पहिले पनि लेबनानमा रहेको हिज्बुल्लाहका नेता हसन नसरल्लाहले लेबनानको जमिनमा निशाना बनाएर गरिने जुनसुकै किसिमको हमलाको पनि ‘कडाभन्दा कडा जवाफ दिने’ बताएका थिए ।
तर, हिज्बुल्लाह र उसलाई समर्थन गर्ने इरानका सहयोगीहरुलाई अहिले उनीहरुको तर्फबाट आएका कुनै पनि प्रतिक्रिया केवल युद्धको तर्फ दिशा वा अवस्था परिवर्तन गर्न सक्ने मात्रै नभएर हिज्बुल्लाहकै भाग्यलाई बदल्न सक्ने किसिमका छन् भन्ने गरि आएको छैन ।
गाजाभन्दा बाहिर रहेका हमासका नेताहरुलाई पनि इजरायलले आज वा भोलि निशाना बनाउने कुरामा कुनै सन्देह छैन । गतवर्ष नोमेम्बरमा इजराइलका प्रधानमन्त्री बेन्जामिन न्यातन्याहुले चेतावनी दिँदै भनेका थिए, ‘हमासका नेताहरु जहाँ कहिँ लुकेकै किन नहुन्, इजराइलले उनीहरुको विरुद्धमा कारबाही गर्नेछ ।’
केही महिना पहिले उनले खुला रुपमा नै अल-अरुरीतर्फ इशारा गरेका थिए । सालेह अल-अरुरी अमेरिकाले आतंकवादी घोषित गरिसकेका व्यक्ति हुन् । अमेरिकाले सन् २०१८ मा उनीमाथि ५० लाख अमेरिकी डलरको पुरस्कार पनि राखेको थियो ।
अधिकांश घटनाहरुमा इजराइलले कसैको पनि हत्याको पुष्टि गर्ने वा त्यसलाई अस्वीकार गर्ने गरेको छैन । तर, लामो समयदेखि चलिरहेको यो संघर्षका बीच इजरायलले कैयौंलाई निशाना बनाएर हमला गरेको छ । बदलाका लागि गरिएको कारबाही र हिंसाको एउटा इतिहास यतातर्फ पनि लेखिएको छ ।
तर, इजराइल अब परिवर्तनका लागि तयार हुनेछ । उसको कब्जामा रहेको वेस्ट बैंक र त्यसभन्दा पनि माथि हमासका नेता र उनीहरुका सहयोगीहरुले पनि अहिले परिवर्तनका लागि अपिल गरिरहेका छन् ।
अहिले हिज्बुल्लाह र हमासले केही गर्नुपर्ने छ र केही गरेर देखाउनुपर्ने अवस्था सिर्जना भएको छ । अल–अरुरीको हतयापछि हिज्बुल्लाहले आफ्नो पहिलो बयान जारि गरेको छ, जसमा उसले शान्तिका लागि अपिल गरेको छ ।
यसभन्दा अघिसम्म हतियारले भरिपूर्ण रहेको हिज्बुल्लाहको सेना र राजनीतिक शक्तिहरु केबल शब्दको लडाइमा मात्रै अल्झिएर रहने कोशिस गरिरहेका थिए । उनीहरुले दक्षिणी सीमा नजिकबाट इजराइलमा सीमित हमला गरिरहेका थिए । सँगै लेबनान यो महंगो युद्धमा नतानियोस् भनेर पनि कोसिस गरिरहेका थिए ।
तर, हिज्बुल्लाहको गढ मानिएको बेरुतको क्षेत्रमा उनीहरुकै र इरानका लागि महत्त्वपूर्ण हमासका सालेह अल–अरुरीको हत्या गरेपछि भने हिज्बुल्लहको हिसाब–किताब परिवर्तन भएको छ । तर, उनीहरुले लामो समयसम्म यो युद्धमा होमिनुको सट्टा छोटो समयका लागि प्रभावशाली हमला गर्ने कुरालाई तुलना गरिरहेको हुनसक्ने देखिएको छ ।
कैयौं कुराहरुमा संकटसँग लडिरहेको लेबनानको अस्थिर दक्षिणी सीमातर्फ हिज्बुल्लाहको महत्वपूर्ण गढ रहेको छ । तर, बेरुत र त्यसभन्दा अगाडिको क्षेत्रमा सन् २००६ मा भएको इजरायल–लेबनान युद्धको याद मान्छेसँग अझैं पनि रहेको छ ।
इजराइलका वरिष्ठ नेताहरुले लामो समयदेखि कोसिस गरिरहेको कुरालाई यहि समयमा सफल बनाउने लक्ष्यसहित हिज्बुल्लाहलाई पूर्ण रुपमा अन्त्य गर्न खोजेको कुरा पनि सार्वजनिक नै छ । आफ्ना उत्तरी सीमाका मान्छेहरुलाई सुरक्षित बनाउन इजराइलले लामो समयदेखि यहि चाहिरहेको छ ।
इजराइली सुरक्षा बलले पूरै गाजा क्षेत्रमा र वेस्ट बैंकतर्फ आफ्नो कदम तीव्रताका साथ बढाइरहेको छ । जहाँसम्म इजराइलको उत्तरी सीमाको कुरा छ, त्यहाँ अहिलेसम्म धेरैको संख्यामा मृत्यु भएको छैन र अवस्था नियन्त्रणमा नै रहेको छ । इजराइलको ठूलो समर्थक अमेरिकाले पटक पटक चेतावनी दिँदै कुनै पनि अवस्थामा हिज्बुल्लाहसम्म युद्ध विस्तार नगर्न भनेको छ ।
हिज्बुल्लाहसम्म युद्ध विस्तार भएमा त्यसले दीर्घकालिन परिणाम देखाउनेछ । तर, बेरुतमा सालेह अल–अरुरी र अन्य ६ जनाको मृत्यु (जसमध्ये दुई जना हमासका सैन्य कमान्डर रहेका छन्)को घटना यस्तो समयमा भएको छ, जब इजरायलका लागि अन्य मुद्दामा पनि तनाबग्रस्त अवस्था बढ्दै गएको छ ।
तनाव बढ्दै गएका विषयहरुमा लाल सागरमा सिपिंगका लागि प्रयोग हुने समुन्द्री बाटोको मुद्दा सामेल छ, जहाँ इरान समर्थित हुति बिद्रोहीले जहाजमाथि हमला गरिरहेका छन् । हुति बिद्रोहीको दाबीअनुसार इजरायलले गरिरहेको कारबाहीको बदलामा उनीहरुले इजरायलसँग जोडिएका जहाजहरुलाई निशाना बनाइरहेका छन् ।
इजरायली रक्षा मन्त्री योआव गैलान्टले हालै विभिन्न सात विषयमा कुरा गरेका थिए । ती मध्येकै एक विषयमा इजरायलमाथि हमला भइरहेका ठाउँहरुमा यमन, लेबनान, सिरिया र इराक पनि रामेल रहेको उनले बताएका छन् ।
यो युद्ध अब गाजा–इजरायलबीच मात्रै सीमित नभएर त्यहाँबाट बाहिर निस्किएर फैलिने डर देखिएको छ । यहि डरका बीच पनि पश्चिमा मुलुकले भने लेबनानका राजनेता र संयुक्त राष्ट्र संघीय शान्ति सेनालाई शान्ति र संयमताका लागि अपिल गरिरहेका छन् । तर, यो विषयमा इजरायल भने सुरुबाट नै हिंसा र युद्धकै पक्षमा रहेको स्पष्ट देखिएको छ ।
इजरायलले सुरुवातबाट नै युद्धमा आफ्नो उद्देश्य हमासलाई पूर्णरुपमा नष्ट गर्ने रहेको बताउँदै आएको छ । इजरायलले हमासका स्थापित शैली र सेना, राजनीतिक तागत र उसको आर्थिक क्षमतालाई पनि नष्ट गर्ने बताउँदै आएको छ ।
इजरायल–गाजा युद्धको लगभग तीन महिना भइसकेको छ । इजरायल स्वयले पनि अब युद्ध थप लामो हुने र आफूले लामो बाटो हिँड्नुपर्ने कुरालाई स्वीकारिसकेको छ ।
इजरायलका कैयौं समर्थक देश तथा उसको आलोचना गर्ने देशहरुले पनि अहिले सैन्य तागत र सैन्य अभियानकै साहारामा हमासलाई नष्ट गर्न सकिन्छ भनेर प्रश्न गर्न थालेका छ्न् । हजारौं आम नागरिकको मृत्युको कारण बन्ने एउटा त्यस्तो सैन्य अभियान गर्न आवश्यक छ वा छैन भन्ने प्रश्न उठेको छ । यसले गम्भीर मानवीय त्रासदी पैदा गर्ने र आगामी दिनमा पनि गहिरो पीडा र आक्रोशलाई जन्म दिने सम्भावना यो अभियानले राख्ने स्पष्ट देखिएको छ ।