सिप बिल्डिङमा अनुत्तीर्णहरुले पुस १६ गतेदेखि ईपीएसको फारम भर्न पाउने



काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रमा फाराम भर्नका लागि वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले मिति तय भएको छ ।

त्यसका लागि १६ गते देखि १८ गते सम्म फारम भर्नका लागि समय तय भएको कोरिया शाखाले जनाएको छ ।

सन् २०२३ मा सिप बिल्डिङमा फाराम भरेका आवेदकहरुले मात्र फाराम भर्न सक्ने शाखाले जनाएको छ । सो भन्दा वाहेकका व्यक्तिले फाराम भर्न नपाइने र भरेको खण्डमा स्वतः रद्द हुने शाखाले जनाएको छ ।

यसअघि सिप बिल्डिङमा अनुत्तीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा फारम भर्न नपाउने ईपीएस कार्यालयको निर्णयविरुद्ध रिट दायर भएपछि अदालतले आवेदन दिन आदेश गरेको थियो । तर रिट दायर गर्ने १८ जनाले मात्र ईपीएस कोरिया भाषाका लागि आवेदन दिन पाउने गरि आदेश गरेको थियो ।

उत्पादनमूलक क्षेत्रमा १८ जनाले भने आज फारम भरिसकेका छन् । उच्च अदालतले आजै अर्को रिटमा आदेश गर्दै सबैलाई फारम भर्न दिन आदेश दिएको हो ।


क्लिकमान्डु