अमेरिका पठाइदिन्छु भन्दै २६ लाख ठगी गर्ने ठकुरी बूढानीलकण्ठबाट पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-३ बस्ने भैरवबहादुर ठकुरीले वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै दुई जनासँग प्रतिव्यक्ति १३ लाखका दरले २६ लाख रुपैयाँ लिएर ठगी गरेको उजुरीपछि प्रहरीले खोजी गरेको थियो ।

अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक तीन लाख रुपैँया तलब हुने आश्वासनमा पर्दा कृतेश खरेलसमेत २ जना ठगिएका हुन् ।

ठकुरीले पीडितहरुबाट पटकपटक गरी २६ लाख रुपैयाँ लिइ सम्पर्कविहीन भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले खोजी गर्ने क्रममा सोमबार ठकरीलाई बूढानीलकण्ठ-४ पासीकोटबाट पक्राउ गरेको जनाएको छ । ठकुरीमाथि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको कार्यालयले जनाएको छ ।


क्लिकमान्डु