म सबैको अभिभावक हुँ, सबै अस्तित्वको सम्मान गर्छु: मन्त्री किराँती



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफू सबैको अभिभावक भएको र सबै अस्तित्वको सम्मान गर्ने बताएका छन् ।

क्रिस्चियन धर्म मान्दिन भन्नेहरु देशद्रोही भएको र उनीहरुलाई हत्कडी लगाउनु पर्ने अभिव्यक्ति दिएपछि बिबादमा तानिएका मन्त्री किराँतीले अरुको अस्तित्व स्वीकार गर्नु आफ्नो अस्तित्व सम्मानित हुनु भएको जनाएका छन् ।

आफ्नो अभिव्यक्तिपछि बहस भएको भन्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमा मन्त्री किराँतीले लेखेका छन्-

बहसका लागि सबैलाई धन्यवाद !

संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गरौं ! अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने मेरो जोड हो,
भन्‍नलाई त मलाई;
पशुपतिनाथ सफा गर्दा हिन्दु भने,
बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्‍ट भने,
मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने,
क्रिष्‍टियनको कार्यक्रममा जाँदा क्रिष्‍टियन भने,

फेरिपनि भन्छु अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।


क्लिकमान्डु