यूएईमा जागिर लगाइदिन्छु भन्दै ८३ जनाबाट साढे २ करोड ठग्ने उपाध्याय पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीमा लगाइदिने भन्दै २ करोड ६३ लाख रुपैयाँ ठगी गर्ने कोमलराज उपाध्याय यूएईबाट पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उपाध्यायलाई इन्टरपोलको सहायतामा पक्राउ गरेको हो ।

श्रीराम रानाभाटसहित ८३ जनालाई दुबईमा विभिन्न पदमा आकर्षक तलब हुनेगरी जागिर दिने भनेर उनले दुई करोड ६३ लाख ५४ हजार रुपैयाँ ठगी गरेको सीआईबीले जनाएको छ ।

दुबईमा त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी खोलेर बसेका सर्लाही जानकीनगर स्थायी ठेगाना भएका उपाध्यायले आकर्षक जागिर लगाइदिने भनेर ८३ जनालाई भिजिट भिसामा यूएई बोलाएका थिए । तर काममा लगाउन नसकेपछि उनी फरार भएका थिए ।

उपाध्यायमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को ठगी, अपराधिक विश्वासघात तथा अपाराधिक लाभ सम्बन्धी कसुर सम्बन्धी मुद्दा चलाइने सीआईबीले जनाएको छ ।


क्लिकमान्डु