पहिलो पटक नागरिकता पाउँदा खुसी लाग्यो: अध्यक्ष केसी



काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले पहिलो पटक नागरिकता लिन पाउँदा खुसी लागेको बताए ।

संघ नेपालमा लगानी गर्न इच्छुक भए पनि कानुनी ब्यवधान भएका कारण हुन नसकेको र अहिले कानुन संशोधन हुन लागेको बताए ।

धितोपत्र बोर्डले केही कानुन संशोधन गरेपछि लगानी फन्डमा सानो सानो लगानी भित्र्याउन सकिने बताए । सरकारले कानुन संशोधन गरेको खण्डमा साना साना लगानी पनि गर्न सकिने बताए ।

इराक कुबेतमा रहेर काम गरेका, राहदानीको समय सकिएर अलपत्र परेका नेपालीका लागि आवश्यकताअनुसार राहदानी दिने व्यवस्था गर्न उनले आग्रह गरे ।

सामाजिक सुरक्षा कोषमा दोहोरो बीमा नीतिका कारण समस्या रहेको उनले बताए । कतिपय देशमा बनेका सेल्टर हेर्न नसकिने किसिमका हुने गरेको भन्दै देश अनुसार सेल्टर बढाउनु पर्ने बताए ।

२०८४ मा हुने निर्वाचनमा विदेशमा हुने नेपालीलाई भोट हाल्ने ब्यबस्थापन मिलाउन सरकारसँग उनले आग्रह गरे । त्यसका लागि संघले बनाएको एप प्रयोग गर्न सक्ने बताए । अशक्त बालबालिकालाई पालन पोषण, अध्ययन गराउन संघले अभियानको रुपमा लाग्ने जानकारी गराए ।


क्लिकमान्डु