भारतको अर्थतन्त्रमा सूचना प्रविधिको ७.४ प्रतिशत योगदान, ११ खर्ब रुपैयाँको लगानी थपिँदै



काठमाडौं । सूचना प्रविधिको विकासले संसार नै सानो बनाएको छ । घरमै बसेर संसार हेर्न र देख्न पाइएको छ । ९० को दशकबाट द्रुत गतिमा विकास भएको सूचना प्रविधिले मानवको जनजीवनमा नै परिवर्तन ल्याएको छ ।

सूचना प्रविधिको विकासले मानिसको जनजीवन मात्रै होइन कार्यशैलीमा पनि परिवर्तन आएको छ । त्यसो त हामी आफ्नै देशमा बसीबसी सूचना प्रविधिको सहायताले डलर कमाउन सक्ने अवस्था छ ।

विश्वका ठूला मुलुकहरुले सूचना प्रविधिमा एकपछि अर्को फड्को मार्दै गएको छ भने लगानीमा पनि उच्च गरिरहेका छन् । त्यस्तै, विश्वको पाँचौ ठूलो अर्थतन्त्र भएको भारतले सूचना प्रविधि क्षेत्रमा ठूलो लगानी गरिरहेका छन् । अमेरिकापछि सूचना प्रविधिमा दोस्रो स्थानमा रहेको भारतमा ४० लाख आइटी प्रोफेसनल छन् ।

अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनमा ७.४ प्रतिशत योगदान रहेको सूचना प्रविधि क्षेत्रमा भारत द्रुत गतिमा अगाडि बढेको पाइन्छ । सूचना प्रविधि क्षेत्रको बारेमा गरेको एक अध्ययनअनुसार भारतमा यस क्षेत्रले व्यक्तिगत ५० लाखलाई रोजगारी सिर्जना गरेका छन् ।

उक्त अध्ययनमा भारतमा आगामी पाँच वर्षको अवधिमा ११ प्रतिशतदेखि १५ प्रतिशतसम्म लगानी र रोजगारी बढ्ने अनुमान गरेको छ । उक्त प्रक्षेपणअनुसार आगामी सन् २०२६ सम्ममा यस क्षेत्रको लगानी ३ खर्ब ५० अर्ब अमेरिकी डलर पुर्याउने अपेक्षा गरेको छ । त्यस्तै, सन् २०२५ सम्ममा सूचना प्रविधि क्षेत्रको जीडीपीमा १० प्रतिशत योगदान पुर्याउने अनुमान गरेको छ ।

आर्थिक वर्ष २०२२ र २०२३ मा कोरोनाका कारण बाधा पुर्याएको थियो । तर, उक्त महामारपछि सूचना प्रविधिको माग उच्च भएसँगै विस्तारै रिबाउन्ड हुँद गएको अध्ययनले देखाएको छ । सूचना प्रविधिको प्रयोगले आर्थिक विकास र रुपान्तरण गर्न रणनीतिक प्राथमिकता राखेको भारत सरकारले सन् २०२३ मा उच्च आम्दानी गरेको उल्लेख छ ।

भारतले सूचना प्रविधि प्रयोगले आर्थिक विकासमा टेवा पुर्याउन निर्यातसमेत गर्दै आएको छ । भारतले सन् २०२३ १ खर्ब ९४ अर्ब अमेरिकी डलरको सूचना प्रविधि निर्यात गरेको जनाएको छ । त्यसमा सूचना प्रविधिको रेट ९.४ प्रतिशतबाट बढेर ११.४ प्रतिशत पुगेको उल्लेख छ ।

त्यस्तै, घरेलु प्रविधि क्षेत्र ५१ अर्ब अमेरिकी डलरको पुग्ने अनुमान गरेको छ । जसमा वार्षिक ४.९ प्रतिशतले वृद्धि भइरहेको छ । सूचना प्रविधिको बढ्दो प्रयोगकर्तासँगै रोजगारीको क्षेत्र बनेको यस उद्योगले हालै मात्रै ३ लाख कामदारले रोजगारी सिर्जना गरेको अध्ययनमा उल्लेख छ । उक्त संख्यासँगै भारतमा सूचना पूविधि क्षेत्रमा मात्रै ५४ लाखले रोजगारी पाएका छन् ।

भारतमा ३५ हजार प्रविधि फर्म छन्, त्यसमा ५३ प्रतिशत निर्यात मात्र हुने गरेको छ । भारतले सूचना प्रविधि मात्रै २ खर्ब ४५ अर्ब अमेरिकी डलरको निर्यात गरेको छ । जुन डिजिटल आम्दानी ३४ प्रतिशतले बढेको छ ।

त्यसैगरी भारतमा सोही अवधिमा १४ अर्ब ६० करोड अमेरिकी डलरको वैदेशिक लगानी भित्रिएको जनाएको छ । जुन विगतको वर्षको तुलनामा २६ प्रतिशतले बढी हो ।

भारतमा आर्थिक वर्ष २०२१/२२ को तुलनामा आव २०२२/२३ मा डाटा सेन्टर कन्स्ट्रक्सनमा दोब्बरले लगानी प्रतिबद्धता जनाएका छन् । आव २०२१/२२ मा ४ खर्ब ३४ अर्ब भारतीय रुपैयाँ लगानी प्रतिबद्धता जनाएकोमा आव २०२२/२३ मा ९ खर्ब २४ अर्ब भारतीय रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

भारतले आइटी क्षेत्रलाई विभिन्न प्रकारका विभाजन गरेको छ । त्यसमा अइटी सर्भिस, इन्जिनियरिङ सर्भिस, आइटीइएस–बीपीओ सर्भिस र इ–बिजनेश गरी चार भागमा विभाजन गरेको छ ।

त्यसमा आइटी क्षेत्रमा इन्फरर्मेशन सर्भिस आउटसोर्सिङ, सपोर्ट र इन्स्टलेशन अफ प्याकेज सफ्टवेयर, सिस्टम इन्टिग्रेशन, प्रोशेसिङ सर्भिस, सपोर्ट र इन्स्टलेसन अफ हार्डवेयर र आइटी ट्रेनिङ र शिक्षा समावेश गरेको छ ।

इन्जिनियरिङ सर्भिस क्षेत्रमा भने इन्डष्ट्रियल डिजाइन, मेकानिकल डिजाइन, इलेक्ट्रोनिक सिस्टम डिजाइन, डिजाइन भ्यालिडेशन टेस्टिङ, औद्योगिकीकरण र प्रोटोटाइपिङ रहेको छ ।

आइटीइएस–बीपीओ सर्भिस क्षेत्रमा टेलिकम र इन्टरनेट रहेको छ । त्यसमा रिमोट मेन्टेनेन्स, ब्याक अफिस अपरेशन, डाटा प्रोसेसिङ, कल सेन्टर र बिजनेश प्रोसेस आउटसोर्सिङ समावेश छन् ।

करिब साढे १ खर्ब अमेरिकी डलरको सफ्टवेयर निर्यात

सूचना प्रविधि क्षेत्रमा दोस्रो स्थान रहेको भारतले उच्च सफ्टवेयर निर्यात गर्दै आएको छ । आव २०१२/१३ मा ६३ अर्ब ५० करोड ४० लाख अमेरिकी डलरको सफ्टवेयर निर्यात गरेको थियो थियो । एक दशकमा उक्त निर्यात बढेर आव २०२२/२३ मा १ खर्ब ३१ अर्ब ७७ करोड ४० लाख अमेरिकी डलरको निर्यात गरेको छ ।

भारतले आव २०१३/१४ मा ६६ अर्ब ९५ करोड ८० लाख अमेरिकी डलर, आव २०१४/१५ मा ७० अर्ब ४० करोड अमेरिकी डलर, आप २०१५/१६ मा ७१ अर्ब ४५ करोड ४० लाख अमेरिकी डलर र आव २०१६/१७ मा ७० अर्ब ६ करोड ४० लाख अमेरिकी डलर बराबरको सफ्टवेयर निर्यात गरेको थियो ।

त्यस्तै, आ २०१७/१८ मा ७२ अर्ब १८ करोड ७० लाख अमेरिकी डलर, आव २०१८/१९ मा ७७ अर्ब ६५ करोड ४० लाख अमेरिकी डलर, आव २०१९/२० मा ८४ अर्ब ६४ करोड ३० लाख अमेरिकी डलर, आव २०२०/२१ मा ८९ अर्ब ७४ करोड १० लाख अमेरिकी डलर र आव २०२१/२२ मा १ खर्ब ९ अर्ब ५४ करोड अमेरिकी डलर बराबरको सफ्टवेयर निर्यात गरेको छ ।

भारतबाट आव २०२१/२०२२ मा ३२ खर्ब ६७ अर्ब भारतीय रुपैयाँ बराबरको आइटीएस/बीपीओ सेवा निर्यात गरेको छ । त्यस्तै, २० ठूला कम्पनीले आव २०२१/२०२२ मा कम्प्यूटर सेवा मात्रै ७१ खर्ब ६६ अर्ब भारतीय रपैयाँको निर्यात गरेको उल्लेख छ ।

भारतले सबैभन्दा बढी अमेरिका र क्यानाडामा सफ्टवेयर सेवा निर्यात गर्दै आएको अध्ययनमा उल्लेख छ । उक्त दुई देशमा आव २०२१/२२ मा ६४ खर्ब ७६ अर्ब भारतीय रकम बराबरको निर्यात गरेको छ । त्यसपछि भारतले युरोपमा ३६ खर्ब १८ अर्ब भारतीय रुपैयाँ, एसियामा ७ खर्ब ५९ अर्ब भारतीय रुपैयाँ, अष्ट्रेलिया एण्ड न्यूजिल्यान्ड र अन्य देशहरुमा सफ्टवेयर सेवा निर्यात गर्दै आएको छ ।

भारतीय सफ्टवेयर सेवाको प्रमुख बजार अमेरिका र क्यानाडा रहेको उल्लेख छ । त्यसमा उक्त दुई देशले मात्रै निर्यात हुने सेवाको ५५.४७ प्रतिशत हिस्सा ओगटेको छ ।

११ खर्ब लगानी थप हुँदै

आर्थिक विकासमा महत्वपूर्ण भूमिका रहेको सूचना प्रविधि क्षेत्रमा भारतले लगानी बढाउँदै गएको छ । सूचना प्रविधिमा तीब्र विकास गरेको भारतमा सन् २०२२ मा मात्रै १३ सय स्टार्टअप थपिएको छ । सन् २०२३ मा पनि सोहीअनुसार स्टार्टअप थप भएको उल्लेख छ ।

सन् २०२३ मा सूचना प्रविधि क्षेत्रमा मात्रै ११ खर्ब लगानी प्रतिबद्धता जनाएका छन् । अध्ययनअनुसार आव २०२२/२३ मा १० खर्ब ८१ अर्ब ९७ करोड ४० लाख भारतीय रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् । जुन नयाँ रेकर्ड हो ।

भारतमा आव २०१२/१३ मा २ खर्ब ४ अर्ब ४९ करोड ९० लाख रुपैयाँ, २०१३/१४ मा २ खर्ब ८० अर्ब २० करोड रुपैयाँ, २०१४/१५ मा १ खर्ब ६० करोड रुपैयाँ, आव २०१५/१६ मा १ खर्ब ७१ अर्ब ८९ करोड ९० लाख रुपैयाँ र २०१६/१७ मा १ खर्ब ९२ अर्ब ८१ करोड ८० लाख रुपैयाँको नयाँ लगानी प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै, २०१७/१८ मा ५८ अर्ब ८५ करोड ६० लाख रुपैयाँ, २०१८/१९ मा ३ खर्ब १९ अर्ब २१ करोड ४० लाख रुपैयाँ, २०१९/२० मा ४ खर्ब ८ अर्ब ७८ करोड ६० लाख रुपैयाँ, २०२०/२१ मा ५ खर्ब १९ करोड २० लाख रुपैयाँ र २०२१/२२ मा ४ खर्ब ९० अर्ब १३ करोड भारतीय रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् । भारतमा अहिले३५ खर्ब ७ अर्ब भारतीय रुपैयाँको उत्कृष्ट परियोजनाहरु सञ्चालन अवस्थामा छन् ।

सन् २०२७ सम्ममा सूचना प्रविधिको क्षेत्रमा लगानी ११९ खर्ब अमेरिकी डलर पुग्ने

द्रुत गतिमा विकास हुँदै गएको सूचना प्रविधि क्षेत्रमा विश्वका अधिकांश देशहरुले लगानी बढाएका छन् । ग्लोबल न्यूज वायरको रिपोर्टअनुसार सन् २०२२ मा ८१ खर्ब ७९ अर्ब ४८ करोड अमेरिकी डलर लगानी रहेकोमा सन् २०२३ मा ८८ खर्ब ५२ अर्ब ४१ करोड अमेरिकी डलर लगानी भएको उल्लेख छ । जसमा विश्वव्यापी रुपमा यस क्षेत्रमा ८.२ प्रतिशतले लगानी बढेको छ ।

कोरोना महामारी र रुस–युक्रेनबीचको द्वन्द्वले लगानीमा बाधा पुर्याएपनि विश्वभर लगानी भने बढिरहेको पाइएको छ । साथै, सन् २०२७ सम्ममा सूचना प्रविधि क्षेत्रमा मात्रै १ सय १९ खर्ब ९५ अर्ब ९७ करोड अमेरिकी डलर लगानी पुग्ने अनुमान गरेको छ । सन् २०२२ मा एसिया प्रशान्त क्षेत्र सूचना प्रविधिको लागि सबैभन्दा ठूलो बजारको गन्तव्य बनेको छ ।

अध्ययनअनुसार सन् २०२३ सम्ममा ४.६ ट्रिलियन डलर खर्च भएको जनाएको छ ।


क्लिकमान्डु