लेबल नराखिएका जार बिक्री गरेमा काठमाडौं महानगरले कारबाही गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले लेबल (विवरणहरु) नराखिएको पानीको जार बिक्री गरेको पाइएमा कानुनी कारबाही गर्ने भएको छ ।

महानगरपालिकालको कृषि तथा पशुपंक्षी विभागले एक सूचना निकाल्दै महानगरपालिकाभित्र प्रशोधित पानीका नाममा गुणस्तरहिन पानीको बिक्री वितरण भइरहेको पाइएको र पानी बेच्न प्रयोग हुने जार तथा बोतलहरु कुच्चिएका, फोहोर, टुटेफुटेको, एमआरपी मूलय उल्लेख नभएको, उत्पादन, उत्पादन मितिलगायतका विवरण नभएको पाइएकाले यी कुराहरु राख्न निर्देशन दिएको छ ।

महानगरले पानीको शुद्धतामा व्इवसायीले ध्यान नदिँदा हानिकारक सुक्ष्म जीवााणुहरु फैलिएर संक्रामक रोगको जोखिम हुने भएकाले मापदण्ड पुरा गरेर मात्रै पानी डुवानी तथा विक्री वितरण गर्न निर्देशन दिएको हो । महानगरले भनेको छ, ‘सम्पूर्ण व्यवसायीलाई प्रशोधित पिउने पानी उत्पादन सम्बन्धित निर्देशिका, २०७४ मा तोकिएको मापदण्ड पुरा गरेर मात्र पानी ढुवानी तथा विक्री वितरण प्रबन्ध मिलाउन सूचित गरिन्छ ।’

सँगै उपभोक्तालाई लेबल नराखिएका जार तथा बोतलको पानी खरिद नगर्न, लेबल राखिएका जार तथा बोतलमो उल्लेख भएको विवरण हेरेर शुद्धता यकिन गरेर मात्रै गरिन गर्न पनि महानगरले अनुरोध गरेको छ ।

पानीको बिक्री वितरण गर्ने व्यवसायीहरुले पानीको उत्पादन, ढुवानी तथा विक्री विवरण नराखेको वा राखेकोमा त्रुटी देखिएमा कानुनी व्यवस्थाअनुसार कारबाही गर्ने पनि महानगरले जनाएको छ ।


क्लिकमान्डु