ब्रिटिश पेट्रोलियमले तीन वर्षमा इजिप्टमा ३.५ अर्ब अमेरिकी डलर लगानी गर्ने



एजेन्सी । उर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिश पेट्रोलियम (बीपी) ले आगामी तीन वर्षमा इजिप्टमा आफ्ना साझेदारहरुसँग ३.५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।

इजिप्टको राष्ट्रपति कार्यालयले सोमबार यसबारे एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र बीपीका कार्यकारी निर्देशक बर्नार्ड लुनिनबीचको भेटपछि यो घोषणा गरिएको हो । लुनिनले लगानीले अनुसन्धान, अन्वेषण र विकासका क्षेत्रलाई समेट्ने बताए ।

इजिप्टका राष्ट्रपतिले बेलायती कम्पनीको इजिप्टमा बिस्तार भइरहेको र लगानीका साथै ग्याँस र तेलको खोज र उत्पादनमा योगदान हुने विश्वास व्यक्त गरे । बीपीले विगत ६० वर्षमा इजिप्टमा ३५ अर्ब अमेरिकी डलर भन्दा बढी लगानी गरेको बताएको छ ।


क्लिकमान्डु