विदेश पढ्न जाने विद्यार्थीबाट ९ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरियो



काठमाडौं । विदेश पढ्न जाने विद्यार्थीमार्फत चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ रकम बाहिरिएको छ ।

बिहीबार प्रतिनिधि सभामा कांग्रेस सांसद ईश्वरी न्यौपानेले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो जानकारी दिएका हुन् ।

सरकारी स्कुलमा अभिभावकको विश्वास घट्दै जाँदा निजी विद्यालयको व्यापार बढ्दै गएको तथा स्वदेशमा रोजगारमूलक शिक्षा नहुँदा विद्यार्थी विदेसिँदा कति रकम बाहिरियो भन्दै सांसद न्यौपानेले प्रश्न गरेपछि त्यसको जवाफमा प्रधानमन्त्री दाहालले
आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा ९०३ अर्ब ३९ करोड रेमिट्यान्स प्राप्त भएको र यो गत आर्थिक वर्षको तुलनामा २४.२ प्रतिशत वृद्धि भएको जानकारी दिए ।

‘यहि अवधिमा नेपाली विद्यार्थी विदशेमा पढ्न जाँदा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको देखिएको छ’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले सरकारी शिक्षा सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।


क्लिकमान्डु