किन डुब्यो अमेरिकाको सिलिकन भ्याली बैंक ?



एजेन्सी । अमेरिकास्थित क्यालिफोर्नियाको बैंकिङ नियामकले वित्तीय संकटबाट घेरिएको सिलिकन भ्याली बैंक बन्द गरिदिएका छन् । यससँगै अमेरिका फेरि एक पटक बैंकिङ संकटमा परेको देखिएको छ ।

समाचार एजेन्सी एएफपीको रिपोर्टकाअनुसार, सन् २००८ मा आएको आर्थिक मन्दीपछि बन्द हुने सबैभन्दा ठूलो बैंक सिलिकन भ्याली बैंक (एसवीबी) हो ।

नियामकले फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी) लाई रिसिभर नियुक्त गरेको छ जसले आगामी दिनको काम हेर्ने छ । यस अघि प्री-मार्केट ट्रेडिङमा ६६ प्रतिशत गिरावटपछि बैंकको सेयरको कारोबारमा रोक लगाइएको थियो ।

प्राविधिक कम्पनीलाई ऋण दिने एसबीबी बन्द भएको घोषणापछि वैश्विक बजारमा उतार-चढाव देखिएको छ र कयौं बैंकहरुको सेयरमा भारी गिरावट आएको थियो । तर अमेरिकाका केही ठूला बैंकको सेयर शुक्रबार बिहान भने ठिकै अवस्थामा थियो ।

एसबीबी यस वर्ष बन्द भएको पहिलो एफडीआईसी इन्योर्ड संस्थान हो । साढे २ वर्ष पहिला २३ अक्टोबर २०२० मा अल्मेना स्टेट बैंक बन्द गरिएको थियो ।

अमेरिकामा १६ औं नम्बरमा रहेको बैंकमा आखिर कसरी संकट आयो ? भन्ने प्रश्न यतिबेला मानिसहरुमा देखिएको छ ।

कति ठूलो थियो बैंक ?

सिलिकन भ्याली बैंकसँग दुई महिना पहिलासम्म २०९ अर्ब डलर सम्पत्ति थियो। बैंकसँग १७९ अर्ब डलरको डिपोडिज थियो । तर बुधबार जब बैंकले २.५ अर्ब डलर जुटाउने योजना राख्यो । उसको सबै परिवर्तन भयो । मानिसहरुमाथि बैंकको वित्तीयस्थिति माथि सन्देह भयो र उनीहरुले पैसा निकाल्न सुरू गरे ।

बिहीबारबाट मानिसहरु बैंकमा राखेको पैसा निकाल्न जुटे । यसपछि शुक्रबार अमेरिकी सरकारले बैंकको नियन्त्रण आफ्नो हातमा लिएको थियो । र, फेडरल डिपोजिट इन्स्योरेन्सलाई बैंकको रिसिवर तोकेको हो ।

दुनियाभरको स्टार्टअप्समा गर्थ्यो लगानी

स्टार्टअप्समा लगानी गर्न जोखिमयुक्त हुन्छ । १९८३ मा सुरु भएको यो बैंक स्टार्टअप्समा लगानी गर्ने एक ठूलो बैंक थियो । प्रविधि क्षेत्रको स्टार्टअप्सका लागि यो फडिङको एक ठूलो स्रोत थियो ।

सिलिकन भ्याली बैंकले २१ भारतीय स्टार्टअप्समा पनि पैसा लगानी गरेको थियो । पछिल्लो ५-७ वर्षदेखि यो बैंक निकै चर्चामा आएको थियो । राम्रो प्रतिफलका कारण मानिसले यो बैंकमा पैसा जम्मा गराउन थालेका थिए । सन् २०१७ को अन्त्यसम्म बैंकसँग ४४ अर्ब डलरको डिजोडिट थियो ।

सन् २०२१ को अन्तिममा यो डिपोजिट १८९ अर्ब डलर पुगेको थियो । यस अवधिमा बैंकको लोन बुक पनि २३ अर्ब डलरबाट बढेर ६६ अर्ब डलरसम्म पुगेको थियो ।

पछिल्लो समय विश्वभरका केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहेका छन् । बढ्दो महँगीमाथि काबु पाउनका लागि केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहेका छन् ।

अमेरिकामा जब महँगी ४० वर्षकै उच्च स्तरमा पुगेको थियो तब केन्द्रीय बैंक फेडरल रिजर्वले आक्रामक रूपमा ब्याजदर बढाउन सुरु गरेको थियो । यसले कम ब्याजदरमा जारी भएका बन्ड्सको मूल्य घट्न लाग्यो । सिलिकन भ्याली बैंक पनि यहीँ फस्न गयो । जब अमेरिकामा ब्याजदर जिरोको नजिक थियो तब उसले ठूलो मात्रमा बन्ड्स किनेको थियो ।

यूएस फेडले ब्याजदर बढाउँदा पुरानो बन्ड्सको भ्याल्यु घट्दै गयो । जसका कारण एसबीबीको पूरा लिक्विड बन्ड्स पोर्टफोलियो कम मूल्यमा बेच्नु पर्‍यो । यसले बैंकलाई १.८ अर्ब डलरको घाटा लाग्यो । यसले बैंकका ग्राहलाई पनि असर पर्यो र डिपोजिट कम हुन लाग्यो ।

सिलिकन भ्याली बैंकले केही समय अघिमात्र २१ अर्ब डलरको सिक्योरिटीज बेचेको जनाएको थियो । यसपछि उसले सेयर बेचेर २.५ अर्ब डलर जुटाउने योजनाका बारेमा बताएको थियो ।

यसले बैंकका लगानीकर्ता डराए । उनीहरुले बैंकको नाजुक वित्तीय स्थितिको अनुमान गरे र सेयर बेच्न लागे । बैंकको सेयर ६० प्रतिशतभन्दा कमजोर बन्यो ।


क्लिकमान्डु