बैंक तथा वित्तीय संस्थाको निक्षेप खाता १ वर्षमा १७%ले बढ्यो, कर्जाको करिब २% मात्र
काठमाडौं । एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थामा खोलिएका निक्षेप खाताको संख्या १७.१५ प्रतिशतले बढेको छ । एक आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या १७.१५ प्रतिशतले बढ्दा कर्जा खाता भने १.७५ प्रतिशतले मात्रै बढेको छ ।
गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा डिपोजिट खाता संख्या ४ करोड १२ लाख ५० हजार १९५ रहेको थियो । चालु आवको सोही अवधिमा १७.१५ प्रतिशतले बढेर ४ करोड ४८ लाख २४ हजार ९३९ वटा रहेका छन् । यो भनेको बैंक तथा वित्तीय संस्थामा खुलेको निक्षेप खाता हुन् ।
यस्तै कर्जाको खाता पनि सामान्य बढेको छ । राष्ट्र बैंककाअनुसार गत आवको पुस मसान्तमा कर्जा तर्फको खाता १८ लाख १ हजार ५५४ रहेकोमा चालु आवको सोही अवधिमा आइपुग्दा १.७५ प्रतिशतले बढेर १८ लाख ३३ हजार १६५ पुगेको छ ।
राष्ट्र बैंककाअनुसार वाणिज्य बैकमा मात्रै खुलेको निक्षेप खाता १६.३३ प्रतिशतले बढेर ४ करोड १६ लाख २६ हजार १५८ पुगेको छ । गत आवको सोही अवधिमा ३ करोड ५७ लाख ८० हजार २९२ रहेको थियो ।
यस्तै राष्ट्रिय स्तरका विकास बैंकमा निक्षेप खाता खोल्ने क्रम २३.२३ प्रतिशतले बढेर ५९ लाख ७७ हजार २४५ रहेको छ । गत आवको सोही अवधिमा ४८ लाख ५० हजार ४१९ रहेको थियो ।
यस्तै राष्ट्रिय स्तरका वित्त कम्पनीमा निक्षेप खाता खोलनेको संख्या १६.४७ प्रतिशतले बढेर ७ लाख २१ हजार ५३६ पुगेको छ । गत आवको सोही अवधिमा ६ लाख १९ हजार ४८४ रहेको थियो ।
यस्तै कर्जा तर्फ वाणिज्य बैंकमा खुलेको खाताको संख्या ३.४४ प्रतिशतले बढेर १५ लाख ३ हजार ७६६ पुगेको छ । गत आवको सोही अवधिमा १४ लाख ५३ हजार ७३३ रहेको थियो ।
राष्ट्रिय स्तरका विकास बैंकमा गत आवमा ३ लाख ८ हजार ५९६ वटा खाता रहेकामा चालु आवको सोही अवधिमा ६.८० प्रतिशतले घटेर २ लाख ८७ हजार ५८१ पुगेको छ ।
यस्तै राष्ट्रिय स्तरका वित्त कम्पनीमा खुलेका कर्जाको खाता ६.६१ प्रतिशतले बढेर ४१ हजार ८१८ पुगेको छ । गत आवको सोही अवधिमा ३९ हजार २२५ रहेको थियो ।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा पनि परिवर्तन आएको छ । गत आवको पुस मसान्तमा निक्षेपको ब्याजदर औसतमा ६.३७ प्रतिशत रहेको थियो ।
चालु आवको सोही अवधिमा ८.५१ प्रतिशत पुगेको छ । एक वर्षको अवधिमा निक्षेपको ब्याजदर ३३.५९ प्रतिशत बिन्दुले बढेको केन्द्रीय बैंकको तथ्यांक छ ।
यस्तै कर्जाको ब्याजदर एक वर्षको अवधिमा ९.४४ प्रतिशतबाट ३५.४८ प्रतिशतले बिन्दुले बढेर १२.७९ प्रतिशतमा रहेको छ ।
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेपको ब्याज बढेको छ । निजी क्षेत्र, उद्योगी व्यवसायीले कर्जाको ब्याजदर बढाउन माग गर्दै आएका छन् ।
कर्जाको ब्याजदर बढाउनु पर्ने भन्दै उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, उद्योग परिसंघ मोरङ, चेम्बर अफ कमर्श, महासंघ अन्तर्गतका जिल्ला संघहरुले ब्याजदर घटाउनु पर्ने भन्दै आन्दोलन समेत गरे । तै पनि ब्याजदर उल्लेख्य मात्रामा घटेको छैन ।
हाल वाणिज्य बैंकको ब्याजदर मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११ प्रतिशत र संस्थागत तर्फ ९ प्रतिशत रहेको छ । चालु आवमा पुस मसान्तमा बैंकको आधारदर औषतमा १०.९१ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ८.४२ प्रतिशत रहेको थियो ।