कर्मचारीको क्षमता बढाउन बैंकले गर्ने खर्च १०५.१२% ले बढ्यो (सूचीसहित)



काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले कर्मचारीको क्षमता बढाउनका लागि गर्ने खर्च १०५.१२ प्रतिशतले बढाएका छन् ।

अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ३५ हजार ८०९ जना कर्मचारीको क्षमता बढाउन २० करोड १४ लाख ७० हजार ३४८ रुपैयाँ खर्च गरेका छन् ।

गत आवको सोही अवधिमा ३८ हजार ७२६ जना कर्मचारी रहेको क्षमता बढाउनका लागि ४१ करोड ३२ लाख ६३ हजार ७१० रुपैयाँ खर्च गरेका थिए ।

सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये प्रभु बैंकले कर्मचारीको क्षमता बढाउनका लागि गरेको खर्च अघिल्लो आवमा पनि ऋणात्मक थियो । गत आवमा पनि त्यस्तै रहेको छ । यता ग्लोबल आइएमई बैंकको भने ३६.९६ प्रतिशतले घटेको छ । बाँकी सबै बैंकले कर्मचारीको क्षमता बढाउन गरेको खर्च बढेको छ ।

ग्लोबल आइएमई बैंकले अघिल्लो आवमा ३ करोड ३ लाख ६ हजार ३४४ रुपैयाँ खर्च गरेको थियो । गत आवमा १ करोड ९१ लाख २ हजार २५५ रुपैयाँ खर्च गरेको छ ।

गत वर्ष कर्मचारीको क्षमता बढाउन सबैभन्दा बढी एनआईसी एशिया बैंकले ११ करोड ८६ लाख २ हजार ९४९ रुपैयाँ खर्च गरेको छ ।

गत वर्ष बैंकले गर्ने खर्च अघिल्लो आवको तुलनामा १८६.४८ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ४ करोड १३ लाख ९८ हजार ६९७ रुपैयाँ रहेको थियो । सबैभन्दा कम स्टयान्डर्ड चार्टर्ड बैंकले ४२.०२ प्रतिशतले बढाएर २८ लाख ३ हजार ८८ रुपैयाँ खर्च गरेको छ ।

यस्तै सिभिल बैंकले कर्मचारीको क्षमता बढाउन गरेको खर्च ४५३.३२ प्रतिशतले बढाएर ६७ लाख ६६ हजार ४९७ रुपैयाँ पुर्याएको छ । सिटिजन्स बैंकले ३०५.३३ प्रतिशतले बढाएर १ करोड १ लाख ५६ ८०४ रुपैयाँ, सेञ्चुरी बैंकले २२१.७५ प्रतिशतले बढाएर २ करोड ५ लाख ९९ हजार ३९६ रुपैयाँ, लक्ष्मी बैंकले १३३.८८ प्रतिशतले बढाएर १ करोड ७८ लाख ६५ हजार ३८७ रुपैयाँ, कुमारी बैंकले २१५.६८ प्रतिशतले बढाएर २ करोड १० लाख ६८ हजार ७२७ रुपैयाँ रहेको छ ।

यस्तै माछापुच्छे« बैंकले १३०.१२ प्रतिशतले बढाएर १ करोड ६७ लाख ८९ हजार ५२१ रुपैयाँ, इन्भेष्टमेन्ट बैंकले २३९.७१ प्रतिशतले बढाएर ९४ लाख ४७ हजार ७६५ रुपैयाँ, एभरेष्ट बैंकले २४७.९१ प्रतिशतले बढाएर १ करोड ७६ लाख २ हजार ७४२ रुपैयाँ, हिमालयन बैंकले २६.२७ प्रतिशतले बढाएर १ करोड २६ लाख १७ हजार ९२८ रुपैयाँ, मेगा बैंकले ५४३.१५ प्रतिशतले बढाएर १ करोड ९७ लाख ३३ हजार १७२ रुपैयाँ पुर्याएको छ ।

बैंकहरुले प्रकाशित गरेको विवरण अनु्सार नबिल बैंकले २२.६६ प्रतिशतले बढाएर ३ करोड ४८ लाख ३५ हजार २५४ रुपैयाँ, एनसीसी बैंकले ४३३.१८ प्रतिशतले बढाएर ८१ लाख ४० हजार २०३ रुपैयाँ, नेपाल बैंकले १२२.१६ प्रतिशतले बढाएर २ करोड २६ लाख ७० हजार ९७७ रुपैयाँ, नेपाल एसबिआई बैंकले ५५.९१ प्रतिशतले बढाएर ९७ लाख २८ हजार ७७८ रुपैयाँ, एनएमबि बैंकले ६४.६९ प्रतिशतले बढाएर १ करोड ७८ लाख ५७ हजार ७१४ रुपैयाँ, प्राइम बैंकले ३५.४५ प्रतिशतले बढाएर ६५ लाख ६९ हजार ८४ रुपैयाँ खर्च गरेको छ ।

सानिमा बैंकले ६८.६६ प्रतिशतले बढाएर ५२ लाख ९५ हजार ५०३ रुपैयाँ, सिद्धार्थ बैंकले ५२.२३ प्रतिशतले बढाएर १ करोड ६ लाख ८७ हजार ३३ रुपैयाँ र बैंक अफ काठमाण्डूले ४७.४३ प्रतिशतले बढाएर ४२ लाख ९४ हजार ८३३ रुपैयाँ खर्च गरेका छन्।


क्लिकमान्डु