अडानी प्रकरणबारे भारतीय प्रधानमन्त्री मोदीको मौनताको के अर्थ ?



काठमाडौं । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले संसदमा गरेको सम्बोधनमाथि चर्चाका क्रममा कांग्रेस नेता राहुल गान्धीले उद्योगी व्यवसायी गौतम अडानीसँग प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बन्धलाई लिएर गम्भीर आरोप लगाएका थिए ।

अडानीको सफलताको मुख्य कारण प्रधानमन्त्री मोदी र उनको निकटता भएको उनको आरोप थियो । पछि सभामुखले गान्धीको भाषणको केही हिस्सा संसदीय रेकर्डबाट हटाउन आदेश दिएका थिए ।

मोदी जब बुधबार धन्यवाद प्रस्तावमा जवाफ दिनका लागि उपस्थित भएका थिए तब सदनमा समेत सबै मानिसको ध्यान आकर्षित भएको थियो । राहु गान्धीको आरोपमा मोदी के जबाफ दिन्छन् भन्ने चासो सबैको थियो ।

मोदीले लोकसभा र राज्यसभा दुबै सदनमा करिब डेढ घण्टासम्म भाषण दिए तर पूरै भाषणमा उनले न त गौतम अडानीको नाम लिए न त इशारामा उनले यसबारे चर्चा गरे ।

अडानीबारे प्रधानमन्त्रीको मौनतालाई नेताहरुका साथसाथ सार्वसाधारणले अलगअलग प्रतिक्रिया दिएका छन् ।

राहुल गान्धीले भनेका छन्, ‘म सन्तुष्ट छैन । प्रधानमन्त्रीको भनाइबाट वास्तविकता पत्ता लाग्छ । यदी अडानी साथी होइनन् भने ठिक हो, इक्कायरी दिन्छु । तर अस्वीकारको कुरा भएन । यसकारण प्रधानमन्त्रीले उनको रक्षा गरेकोमा प्रस्ट छु । उनले अडानीलाई प्रमोट गरिरहेका छन् ।’

कांग्रेस पार्टीका प्रवक्ता पवन खेडाले पनि सामाजिक सञ्जालमा भनेका छन्, ‘विचारक’ ले चार प्रश्न गरेका थिए । ‘प्रचारक’ले एक प्रश्नको पनि जवाफ दिन सकेनन् ।’

शिव सेनाका राज्यसभा सांसद प्रियंका चतुर्वेदीले भनेकी छन्, ‘अडानी ग्रुपका प्रवक्ता र सेल्सम्यान अफ दि एयर अवार्ड प्रधानमन्त्रीलाई अवार्ड जान्छ ।’

मोदीका राजनीतिक बिरोधी भन्छन् कि यसबाट के प्रष्ट हुन्छ भने उनी यस प्रकरणमा यस्तै गरि पेस गर्ने छन् । तर आम मानिसको मनमा यो प्रश्न उठेको छ कि आखिर मोदीले सदनमा ति आरोपको जवाफ किन दिएनन् र अडानीमाथि मौन रहे।

यस प्राविधिक र रणनीतिक कारणको रुपमा हेर्ने उनको भनाइ छ । राष्ट्रपतिको भाषणको धन्यवाद प्रस्तावमाथि सरकार आम रुपमा आफ्नो कामकाज विस्तारसँग हुनेछ ।

उनकाअनुसार मोदीले यही गरेका छन् ।

प्राविधिक कारणलाई उल्लेख गर्दै त्रिवेदी भन्छन् कि लोकसभामा राहुलको भाषणको अधिकतर हिस्सालाई लोकसभा अध्यक्षको आदेशमा हटाइएको थियो । तब प्रधानमन्त्रीले त्यसकुराको जवाफ किन दिउन् जो सदनको कारबाहीको हिस्सा बनेन ।

तर यो मात्र प्रविधिक विषय होइन । प्रधानमन्त्रीले गान्धीको आरोपको जवाफ दिएर उनले त्यति महत्व दिन नचाहेको रणनीति देखिन्छ ।

लोकसभामा जब राहुल गान्धी बोलिरहेका थिए तब त्यस समय प्रधानमन्त्री, गृहमन्त्री, रक्षा मन्त्री, वित्त मन्त्री कोही पनि सदनमा उपस्थित थिएनन् ।

त्रिवेदीका अनुसार यो बीजेपीको रणनीतिको हिस्सा थियो या थिएन यो भन्न त्यति सजिलो छैन । तर, यसले बीजेपीले गान्धीलाई गम्भीरताका साथ नलिएको सन्देश दिन्छ ।

वरिष्ठ पत्रकार नीरजा चौधरी लोकसभामा बहसका क्रममा उपस्थित थिइन् ।

प्रधानमन्त्रीले यसबारेमा बोल्नेछन् भनेर सबै जना प्रतिक्षामा थिए तर अडानी प्रकरणमा प्रधानमन्त्री र बीजेपी दुबैले रणनीतिक रुपमा आफ्नो पक्षमा पार्न खोजेका देख्न सकिन्छ ।

बीजेपीमाथि लामो समयदेखि रिपोर्टिङ गर्दै आएकी वरिष्ठ पत्रकार राधिका रामासेशन पनि बीजेपी र मोदी सरकार अडानी प्रकरणबारे केही पनि बोल्न हिचकिचाइरहेको बताउँछिन् ।

उनकाअनुसार पार्टीको यही लाइन हो की यस घटनामा सेबी या आरबीआईको जे गर्न् छ त्यो गर्ने छ तर पार्टी या सरकारको यससँग केही सम्बन्ध छैन र यही कारण मोदीले सदनमा आफ्नो भाषणका क्रममा यस विषय छुँदै छोएनन् ।

मोदीले दुबै सदनमा करिब डेढ घण्टा भाषणा दिँदा किसान, सहुलियतपूर्ण राशन, पक्की घर, खाना बनाउने ग्यास, स्टार्ट अप, राजमार्ग, रेलवे लाइन, एयरपोर्टदेखि लिएर जम्मु-कश्मीर र पूर्वोत्तर भारतसम्मको कुरा गरे ।

यसका अलावा उनले विपक्ष माथि भ्रष्टाचार, महंगीलाई लिएर चरमपन्थी आक्रमणसम्मलाई लिएर जिम्मेवार भएको आरोप लगाए । यसलाई लिएर मानिसहरुले २०२४ को चुनावी बिगुल बजाएको छ । तर त्रिवेदी यस्तो आकलनमा सहमत छैन ।

विजय त्रिवेदी मोदी र बीजेपीलाई २०२४ को चुनाव आफूहरुले जितिन्छ भन्ने लाग्छ । यसकारण अब उनीहरु २०४७ को कुरा गरिरहेका छन् । नीरजा चौधरी पनि मोदी र बीजेपीले २०२४ को चुनाव बीजेपीले नै जितिरहेको देखाउन चाहिरहेका छन् ।

‘रफाल सम्झौता, पेगासस र अब अडानी तीन यस्तो मुद्दा थियो जसलाई लिएर विपक्ष र खासगरि राहुल गान्धीले मोदी माथि आक्रमण गरेको थियो । तर यी तीनबाट अहिलेसम्म मोदीको छविमा कुनै असर परेको छैन’ त्रिवेदीले भने ।

राहुल र विपक्षीले यी विषयलाई संसदबाट निकालेर बाहिर लगातार लडे भने केही हुन सक्ने उनी बताउँछन् ।

‘मोदी सरकार घेरिएको छ’

तर नीरजा चौधरी सरकार यस घटनामा घेराबन्दीमा परेको देखिरहेकी छन् । ‘अडानी प्रकरणमा नौ वर्षमा मोदीका लागि सबैभन्दा ठूलो चुनौती हो । र यसको ड्यामेज कन्ट्रोल उनी आफैले आफूलाई टाँढा राखेर गर्नेछन्’ उनले भनिन् ।

राधिका रामासेशनका अनुसार लोकसभा अध्यक्षले राहुलको भाषण हटाउन आदेश दिए पनि जनतामा भने एक सन्देश गएको छ । मोदी सरकार र बीजेपीले कुनै न कुनै दिन अडानीका बारेमा लगाइएको आरोपको जबाफ भने दिनै पर्ने उनको भनाइ छ ।

‘मात्र अन्तर्रराष्ट्रिय मिडिया यसलाई उठाइरहेका छैनन् । अन्य देशका बैंक जसको अडानीसँऊ बिजनेस छ उनीहरु पनि आफ्नो सम्झतालाई या त बदलिरहेका छन् या रद्द । पहिलो पटक विश्वमा भारतको कुनै एक स्कामको विश्वव्यापी प्रभाव देखिइएको छ।’

सदनमा मोदीले आफ्नो सरकारको कामकाज यसकारण यति धेरै प्रचार गरिरहेका छन् किनकी उनी दबाबमा छन् र आफ्नो सरकारको वचाउका लागि उनले यति धेरै समय दिएको राधिका रामासेशनको भनाइ छ ।


क्लिकमान्डु