प्रदेश १ मा उद्यम लक्षित ५ महिने ५ करोडसम्मको एक्सिलरेटर कार्यक्रम



विराटनगर । प्रदेश १ मा कृषिमा आधारित उद्यम लक्षित ५ महिने एक्सिलरेटर कार्यक्रम सञ्चालन गरिने भएको छ । त्यसका लागि प्रतिउद्यमी २० लादेखि ५ करोड रुपैयाँसम्म लगानी गर्न सकिने जनाइएको छ ।

यस कार्यक्रममा १० वटा कम्पनीका १० जना उद्यमीहरूले सहभागिता जनाउन पाउने पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो । पत्रकार सम्मेलन एफएनसीसीआई प्रदेश १ ले आयोजना गरेर सो विषयमा जानकारी गराएको थियो ।
प्रदेशमा पहिलोपटक सञ्चालन हुने सो कार्यक्रममा सहभागी हुन आह्वान पनि गरिएको छ ।

त्यसका लागि सरकारी तथा निजी क्षेत्रका बाणिज्य बैंक, प्रतिष्ठित उद्यमी र विभिन्न क्षेत्रका विज्ञद्वारा स्थापित वैकल्पिक कोष व्यवस्थापक आध्यन्त र स्वीस कन्ट्याक्ट अन्तर्गत संचालित सहज–नेपाल कृषिबजार विकास कार्यक्रम (एनएएमडीपी) को साझेदारी एवं लगानी प्राधिकरण, प्रदेश १ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सहकार्य हुने छन् ।

ती संस्थाद्वारा प्रदेश.१ मा उच्च वृद्धिको सम्भावना भएका कृषिमा आधारित उद्यम लक्षित ५ महिने एक्सिलरेटर कार्यक्रममा सहभागी हुन आह्वान गरिएको हो । त्यसमा सहभागी हुन चाहने आकांक्षी उद्यमीहरूका लागी आवेदन खुला गरिएको जानकारी गराइएको छ ।

प्रदेश नं. १ मा रहेका अथाह सम्भावना तथा अवसरका क्षेत्रमा विभिन्न लगानी मोडेल प्रयोग गरी लगानी प्रवद्र्धन गर्न लगानी प्राधिकरण, प्रदेश १, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १, र आध्यन्त फन्डम्यानेजमेन्टबीच औपचारिक समझदारी गर्ने प्रकृया अगाडि बढेको समेत जानकारी गराएको छ ।

आध्यन्तका निर्देशक मनोज पौडेलले एक्सिलरेटर कार्यक्रमको मुख्य उद्देश्य प्रदेश १ बाट चुनिएका कृषि व्यवसायहरूको क्षमता बढाइ उनीहरूलाई थप लगानीमा पहुँच पुर्याउन सहयोग गर्नु रहेको बताए । उनका अनुसार प्रदेश १ कृषि, पर्यटन, व्यापार र उद्योगमा अग्रणी प्रदेश हो । यस प्रदेशमा उपलब्ध स्रोतहरूको समुचित उपयोग गरे समृद्ध प्रदेश बनाउन सक्कने ठूलो अवसर रहेको छ ।

तथापि, उचित व्यावसायिक परामर्शको अभावमा यो अवसरलाई ठोस परिणाममा बदल्न सकिएको नसकिएको उनले बताए । यस सन्दर्भमा कार्यक्रमले कृषिमा आधारित उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि आवश्यक स्रोत–सामग्री र व्यावसायिक परामर्श प्रदान गरी लगानीयोग्य बन्न मद्दत गर्ने उनको दबी छ ।

प्राप्त आवेदनहरूबाट १० वटा उद्यमीहरुलाई छनौट गरी १२ हप्तासम्म कृषि उद्यमीहरूलाई पूँजी, बजार पहुँच, र प्राविधिकलगायतका आन्तरिक चुनौति केन्द्रित परामर्श प्रदान गरिने बताए ।

उनका अनुसार, यो कार्यक्रमले सम्भावना बोकेका कृषि–उद्यमीहरूको विज्ञ तथा उद्योगी–समुदायसँग सम्पर्क विस्तार गर्ने उद्देश्य राख्दछ । यसले प्रदेशमा उपलब्ध स्रोतहरूको व्यावसायिक उपयोग गरी प्रदेशलाई समृद्ध र आत्मनिर्भर बन्न मद्दत पुग्ने अपेक्षा राखिएको छ ।

यसअघिका एक्सिलरेटर कार्यक्रमहरू संघीय राजधानीमा मात्र केन्द्रित हुने गरेको गुनासो बीच आध्यन्त एक्सिलरेटर कार्यक्रम काठमाडौं बाहिर, प्रदेश १ लाई केन्द्रित गरेर हुन लागि रहेको हो ।

यसबाहेक सार्वजनिक–निजी साझेदारीको मोडलमा एक्सिलरेटर कार्यक्रम सञ्चालन हुन गइरहेको हो जसमा प्रदेश सरकारको तर्फबाट लगानी प्राधिकरण र निजी क्षेत्रकोे तर्फबाट संगठन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सहकार्य हुनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेनद्र राउतले यो ककार्यक्रमको सफल कार्यान्वयनमार्फत उद्यमशिलता प्रवद्धमा ककाम गरिरहेका विभिन्न सरोकारवालाहरूले एकआपसमा गर्ने अन्तक्र्रिया र सहकार्यको तरिकामा परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

यसले उद्यमीहरूलाई उनीहरूको व्यावसायिक पर्यावरणभन्दा बाहिरका सहयोग र स्रोतहरू, र सम्बन्धित क्षेत्रका विशेषज्ञ र सल्लाहकारहरूको बृहत् सञ्जालसम्म पहुँच समेत प्रदान गर्नेछ । आवेदनका लागि माघ ४ गतेदेखि माघ १८ गतेसम्म खुला गरिएको जानकारी गराइएकों छ । आवेदन अनलाइन साथै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र तोकिएको स्थानबाट भर्न सकिने अध्यक्ष राउतले जानकारी दिए ।

देश लगानी प्राधिकरण प्रदेश १ का प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालाले कृषि क्षेत्रलाई निर्वाहमुखी भन्दा व्यवसायमुखी बनाउन सकिने बताउँदै कृषिको कच्चा पदार्थबाट विभिन्न खाले उपयोगी सामग्रीहरू बनाएर विदेशमा निर्यात गर्न सकिने धारणा राखे । व्यावसायिक कृषि उद्यमका लागि निफ्रा बैंकले लगानी गर्न सक्ने उनको भनाइ छ ।

प्रदेश १ कृषि मन्त्रालयका सचिव पशुपति पोखरेलले आध्यन्तले काठमाडौं बाहिर लगानी गर्न खोजेकोमा त्यसका लागि प्रदेश १ सरकार सहकार्य गरेर जान तयार रहेको बताए ।

प्रदेश १ मा कृषिमा लगानी गर्न आध्यन्तसँग हाल ५० ककरोड रुपैयाँ पूँजी रहेकोमा आगामी दिनमा २ अर्ब पु¥याउने सोच रहेको सो संस्थाका निर्देशक पौडेलले जानकारी दिए ।


क्लिकमान्डु