पोर्चुगलमाथि मोरक्कोको जितमा मुस्लिमसँग जोडेर किन भइरहेको छ बहस ?



काठमाडौं । विश्वकप फुटबलमा मोरक्कोले इतिहास रच्यो । मोरक्को पहिलो अफ्रिकी देश बन्यो जो विश्वकपमा सेमिफाइनलसम्म पुगेको छ ।

मोरक्कोले त्यस्तो पोर्चुगललाई हराएर सेमिफाइनलमा ठाउँ बनाएको छ, जसमा क्रिस्टियानो रोनाल्डो, पेपे, ब्रूनो फर्नांडीज, बर्नाडो सिल्वा र रूबन डियास खेलिरहेका थिए ।

शनिबार राति दोहाको अल-थमामा स्टेडियममा मोरक्कोको जीतका साथ अरब र अफ्रिकी देशमा खुसीयाली छाइरहेको छ । यो खुसी यसकारण भइरहेको छ कि विश्वकपको ९२ वर्षको इतिहासमा पहिलो पटक कुनै अफ्रिकी देश अन्तिम ४ मा पुगेको छ ।

शनिबार मोरक्कोले क्वाटर फाइनलमा पोर्चुगललाई १-० ले पराजित गर्‍यो । यस जीतका साथ मोरक्को पहलो अफ्रिकी देश बनेको छ जसले सेमिफाइनल खेल खेल्ने छ ।

मोरक्कोका स्ट्राइकर यूसफ एन-नसारीले फर्स्ट-हाफमा गरेको गोलले टीमलाई सेमिफाइनलमा पुर्‍याएको छ ।

मोरक्कोको जीतपछि खुसीका केही दृश्यहरु आइरहेका छन् तर एक तस्बिर सबैभन्दा चर्चामा रहेको छ । जसमा मोरक्का विंगर सोफियान बोफाल र उनकी आमा मैदानमा खुसी साटिरहेका छन् ।

बोफालले आफ्नी आमासँगको एक तस्वीर शेयर गर्दै लेखेका छन् – सवै दिनेवाला खुदा (भगवान) हुन्, अलहमदुल्लिलाह ।

यसअघि ग्रुप स्टेजमा बेल्जियमलाई हराएपछि मोरक्कोका स्टार अशरफ हकीमीलाई स्टेडियममा आफ्नी आमासँग गाला जोडिरहेको भिडियो सामाजियक सञ्जामा चर्चामा थियो ।

मोरक्कोको जीत एक अण्डरडग देशको जित हो र एक यस्तो टीम जो आफ्नो बलबुतामा देशको पहिचान र खेलको वजन बढाउन जुटिरहेको छ ।

यो विश्वकपमा मोरक्को एक्लो मुस्लिम बहुल जनसंख्या भएको देश हो जो यो स्थानसम्म पुगेको छ । यस्तोमा मोरक्कोको पक्षमा शनिवार ‘एटलस लायन’ को नारा लाग्यो ।

मोरक्कोको टीमलाई एटलस लायन पनि भनिन्छ किनकी यो सिंहको एक खास प्रजाति हो जो उत्तरी अफ्रिकामा पाइन्छ ।

मोरक्कोको जितमा इस्लामसँग जोडेर चर्चा

उत्तरी अफ्रिकी देश मोरक्कोको ९७ प्रतिशत भन्दा धेरै जनसंख्या मुस्लिम रहेको छ । यसलाई अरब-अफ्रिकी देश यसकारण भनिन्छ कि यहाँको जनसंख्यामा धेरै अरब सुन्नी मुसलमान रहेका छन् । साथै ७ ‌‌औं शताब्दिबाट लिएर ११ औं शताब्दीसम्म यहाँ अरबले राज गरेको थियो जसको परिणामस्वरूप मोरक्कोका मानिसमा अरब संस्कृति गहिराइसम्म रहेको छ ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले मोरक्कोको जीतमा ट्वीट गर्दै भने, ‘पोर्चुगलमाथि मोरक्कोको जीत र सेमिफाइनल पुगेकोमा उसलाई बधाई । पहिलो पटक अरब, अफ्रिकी देश र एक मुस्लिम टीम विश्वकपको सेमिफाइनलसम्म पुगेको छ । सेमिफाइनल र त्यसबाट पनि अघि जानका लागि मोरक्कोलाई शुभकामना ।’

यो खुसी अण्डरडग टीमलाई अघि जानका लागि त हो नै तर अरब र इस्लामिक देश यस कुराको पनि खुसी मनाइरहेका छन् कि एक मुसलमान बहुल देश प्रतियोगितमा यति अगाडी रहेको छ । तर केहीले भने यसलाई धर्मसँग जोडेर हेर्न नहुने बताइरहेका छन् ।

मिशिगनको वेन स्टेट विश्विद्यालका कानुका प्राध्यापक खालिद बिदुनले ट्वीटमा भनेका छन्, ‘मोरक्को एक मुसलमान देश हो । ९८ प्रतिशत जनसंख्या इस्लाम धर्म मान्छ । यसका खेलाडीले हरेक गोल र जितपछि सिर झुकाएका छन् यो विश्वका दुई अर्ब मुसलमानहरुको जित हो ।’

तर मध्य-पूर्वका पत्रकार करीम शाहीन लेख्छन्, ‘मलाई केही भनिरहनु पर्छ जस्तो लाग्दैन । तर मोरक्कोको जित एक अरब र अफ्रिकी देशको जित हो । न कि इस्लामको जित । १९३० देखि विश्व कपमा इसायीहरुले जितिरहेका छन् । ‘

दुबईका राजकुमार शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतूमले मोरक्को की जीतमा लेखेका छन्, ‘एटलसका शेरलाई बधाई । तपाईंहरुले एकपटक फेरि आफ्ना प्रशंशक र विश्वभरका हर अरब परिवारको खुसी लिएर आउनु भएको छ । आज, तपाईंहरुको दृढ संकल्पका साथ कतारमा एक असाधारण मुकाम हासिल गर्नु भएको छ । हाम्रो सपना अब अझै ठूलो हुँदै गएको छ । ताकी हामी एक नयाँ मिलको पत्थर हासिल गर्न सकौं ।’

जब ग्रुप म्याचमा बेल्जियमलाई मोरक्कोले हराएको थियो तब यस टीमका केही खेलाडीले मैदानमा नै सदजा(शिर भुइमा टेकाएर गरिने प्रार्थना) गरेका थिए । यसको एक तस्वीर निकै चर्चामा थियो र मुस्लिम समुदायमा निकै सेयर भएको थियो ।

जो घाना र सेलेगलले गर्न सकेनन् मोरक्कोले गरेर देखायो

विश्वक फुटबलको २२ औं नम्बरमा रहेको मोरक्को शनिबार भन्दा पहिला कयौं उलेटफेर गर्न सफल भएको थियो । समूह चरणमा मोरक्कोले बेल्जियमलाई हरायो भने राउण्ड अफ १६ मा २०१० को विश्वकप विजेता स्पेनलाई पराजित गर्‍यो ।

इसभन्दा पहिला तीन अफ्रिकी देश क्यामरून, सेलेगल र घाना फिफा विश्वकपको क्वाटर फाइनलमा पुगेका थिए । तर कुनै पनि टीम सेमिफाइनलसम्म यात्रा तय गर्न सफद्य भएका थिएनन् ।

क्यामरुन, १९९०: साल १९९० मा विश्वकपमा क्यामरूनले ग्रुप खेलमा अर्जेन्टिनालाई १-०ले पराजित गरेको थियो र त्यस समय यो एक शक जस्तो थियो । क्यामरुका फ्रेंकोइस ओमैम-बियिकले हेड गर्दै गोल गषरेका थिए ।

यस प्रतिस्पर्धामा उनीहरुले रोमानियालाई २-१ र सोभियत संघलाई ४-० ले पराजित गरेका थिए । यसपछि क्वाटर फाइनलमा क्यामरुनको भेट इंग्ल्याण्डसँग भएको थियो । जहाँ क्यामरु ३-२ ले पराजति भएको थियो ।

सेनेगल, २००२: साल २००२ मा सेनेगलले पनि सनसनी मच्चाएको थियो । उसले फ्रान्सलाई १-० गोल अन्तरले हराएको थियो । ठिक जसरी क्यामरूनले अर्जेन्टिनालाई हराएको थियो । राउण्ड अफ १६ मा सेलेगलले स्वीडनलाई हराएको थियो ।
तर क्वाटर फाइनलमा अफ्रिकी देशको सपना टर्कीले तोडेको थियो । यस प्रतिस्पर्धामा टर्कीका इल्हान मनसुसले एक गोल गरेर टर्कीलाई सेमिफाइनलमा पुर्‍‍याएका थिए ।

घाना, २०१०: २०१० मा पहिलो पटक अफ्रिकी देश विश्वकपको आयोजना गरिरहेको थियो । यस्तोमा अफ्रिकी देशबाट अपेक्षा गरिएको थियो । २०१० मा घानाले सर्बियामाथि जित निकालेको थियो । यसपछि अस्ट्रेलियासँग ड्र र जर्मनीसँग पराजित गर्दै घानाले ग्रुपमा उपविजेताको ठाउँ बनाएको थियो । राउण्ड अफ १६ मा घानाले अमेरिकालाई जित्यो । क्वाटरफाइनलमा घाना र उरूग्वेबीच खेल भयो ।

घानाको तर्फबाट ‍सुली मुंतारीले पहिलो गोल गरे र टीमले अग्रता बनाएको थियो तर पछि उरूग्वेका डिएगो फोरलानले गोल गर्दै खेललाई बराबरी बनाए । खेल बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको थियो । जहाँ उरुग्वे ४-२ ले विजयी भयो र घाना क्वाटर फाइनलबाट घर फर्कियो ।


क्लिकमान्डु