आर्थिक संकटकाबीच उत्तर कोरियाले किन यतिधेरै मिसाइल परीक्षण गरिरहेको छ ?



एजेन्सी । विज्ञहरुले अध्यासका क्रममा सैयौं दक्षिण कोरियाली र अमेरिकी लडाकु विमानहरुले आक्रमणको अनुकरण गरेका कारण उत्तर कोरियामा यो हप्ता रेकर्ड राख्ने गरि मिसाइल परीक्षण गरिएको हुन सक्ने बताएका छन् ।

तर, प्योङयाङ (उत्तर कोरियाको राजनीतिक र औद्योगिक शहर)ले आणविक परीक्षण गर्नुअघि मिसाइलहरुमार्फत् माहोल बनाएको हुनसक्छ ।

विश्लेषकहरुले उत्तर कोरियाली नेता किम जोङ उनले वास्तवमै देशहरुबीच हुने मैत्रीपूर्ण लडाकु विमान अभ्यास, त्यसमा पनि विशेष गरि अमेरिकी स्टिल्थ लडाकुहरुको संलग्नता मन नपराउने बताउँछन् ।

सियोलस्थित हानकुक विश्वविद्यालयका प्राध्यापक भन्छन्, ‘उत्तर कोरियाले वास्तवमा यी ठूला संयुक्त हवाई अभ्यासहरु मन पराउँदैन् । विशेष गरी उनीहरुले ‘एफ-३५’को प्रयोग गर्छन्, जुन कुनै शासकलाई हटाउनको लागि आक्रमण गर्दा लागि प्रयोग गर्ने गरिएको छ । यसलाई उत्तर कोरियाली प्रतिरक्षाले धान्न धेरै गाह्रो छ ।’

बुधबार समुन्द्रमा एकै दिनमा सबैभन्दा धेरै विभिन्न प्रकारका ३३ वटा क्षेप्यास्त्र प्रक्षेपण गर्नुभन्दा केही घण्टाअघि उत्तर कोरियाले भइरहेको अभ्यासको निन्दा गरेको थियो । उक्त अभ्यासमा २४० दक्षिण कोरियाली र अमेरिकी युद्ध विमानहरु २४ घण्टा उडान मिसनको अभ्यासमा समावेश थिए ।

क्षेप्यास्त्र प्रक्षेपणको ब्यारेज र नयाँ आणविक परीक्षणको सम्भावनाले प्योङयाङलाई आफ्नो हतियार कार्यक्रमलाई अगाडि बढाउनबाट रोक्न वाशिङटन (अमेरिका) र यसका सहयोगीहरुका लागि सीमित विकल्पहरु अघि देखिन्छन् । जसमा सहयोगी देशहरुले युद्धलाई रोक्न ठूला सैन्य अभ्यासहरु गर्नतर्फ फर्किएका छन् । अमेरिकी अधिकारीहरुले यस्तो अभ्यासले तनावको समयमा योगदान पुर्‍याउन सक्ने बताएका छन् ।

उत्तर कोरियाले बिहीबार ‘इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आईसीबीएम)’को परीक्षण गरेपछि शुक्रबार गरिएको अभ्यासलाई विस्तार गर्ने अमेरिका र अन्य राष्ट्रहरुले घोषणा गरेका छन् । उनीहरुले यसलाई सतर्कतासँग जोडिरहेका छन् ।

उत्तर कोरियाले प्राविधिक प्रगति, प्रचार, चालक दलको तयारी र क्षमताको अभ्याससहित अन्य कारणका लागि आफ्ना हतियारहरुको परीक्षण र प्रदर्शन गर्ने गर्छ । रिचकाअनुसार प्रदर्शन र परीक्षण गर्दा प्रतिरोधको रुपमा पनि हुने उत्तर कोरियाको बुझाइ छ ।

विश्लेषकहरुकाअनुसार एफ-३५ लडाकु विमानले उत्तर कोरियाको ‘एन्टि एयरक्राफ्ट’ र ‘एन्टी मिसाइल’को प्रतिरक्षा प्रणालीलाई कमजोर स्थितिमा राखेको छ । प्योङयाङले गत वर्ष दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले गरेको विमानहरुको प्रयोगका कारण नयाँ मिसाइलहरुको विकास गर्न बाध्य भएको बताएको छ ।

उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाले विमानको अभ्यासबाट दिइरहेको धम्कीलाई ‘पूर्णरुपमा नष्ट’ गर्न खोजेको बताएको छ।

गत महिनामा क्षेप्यास्त्र परीक्षणको लहरपछि उत्तर कोरियाले सैन्य अड्डा र एयरपोर्टहरुजस्ता ठाउँहरुमा रणनीतिक आणविक हतियारहरुसहित दक्षिण कोरियामा वर्षा गर्ने तयारी गरिरहेको बताएको थियो ।

टोकियोको तोकुशोकु विश्वविद्यालयका प्राध्यापक ताकाशी कावाकामीले उल्लेख गरेअनुसार अन्य सैन्य आन्दोलनहरुमध्ये संयुक्त राज्य अमेरिकाले हालै ओकिनावामा एफ-२२ स्टिल्थ लडाकु विमानहरुको परिक्रममासहित आपत्तिजनक हतियारहरुलाई अगाडि बढाउन थालेको छ ।

कावाकामीले भने, ‘उत्तर कोरियाले आफ्नो प्रतिरोध क्षमता बढाउने लक्ष्य राखेको छ ।’

यसै हप्ताको सैन्य गतिविधिहरुले उच्च तीव्रताको प्रायद्वीपीय युद्धको सुरुवात भएमा के-के समावेश हुन सक्छन् भन्ने देखाएको छ ।

ट्विटरमार्फत अमेरिकी वैज्ञानिकको संगठनमा डिफेनस पोस्टर प्रोजेक्टका निर्देशक रहेका एडम माउन्टले ठूला स्तरमा अमेरिका र दक्षिण कोरियासहित सहयोगी राष्ट्रहरुले हवाई अपरेसनहरु र धेरै उत्तर कोरियाली क्षेप्यास्त्र र तोपखाना प्रणालीबाट एकसाथ धेरै हतियारहरु यो युद्धमा देखिनेछन् ।

छोटो र लामो दूरीको मिसाइलहरु र अन्य हतियारहरुको एकैसाथ प्रक्षेपण हुनु असामान्य भएको बताइएको छ । किनकी यसले गर्दा उत्तर कोरियाले प्रायद्वीपमा द्वन्द्वको बेला टाढा अमेरिकका क्षेत्रहरुमा आक्रमण गर्ने योजनाहरुको अभ्यास गरिरहेको संकेत दिने माउन्ट बताउँछन् ।

केही विश्लेषकहरुले उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकीकाका सहयोगीहरुका सामुन्ने गरिरहेको ठूला अभ्यासहरुहरुले कुनै ठूलो कुराको संकेत गरिरहेको बताएका छन् । पछिल्लो अभ्यासमा उत्तर कोरियाले दिएको प्रतिक्रियाले कुनै ठूलो योजना भइरहेको हुन सक्ने विश्लेषकहरुको आकंलन छ ।

‘उत्तर कोरियाले गरेको प्रक्षेपणहरु अन्य देशलाई दिइने सामान्य प्रतिक्रिया थिएनन,’ माउन्टले बुधबार प्योङयाङको अभूतपूर्व २३ वटा मिसाइलको प्रक्षेपणबारे भने,‘उनीहरुले तनाव बढाउने तयारी गरेका थिए । यदि उत्तर कोरियाले संकटमा आणविक परीक्षण गर्न रुचाउँछ भने यसले आणवीक हतियार उत्पादन गर्ने तयारी गरिरहेको छ ।’

दक्षिण कोरियाली र अमेकिरी अधिकारीकाअनुसार सन् २०१७ मा गरेको पहिलो आणविक परीक्षण पछि उत्तर कोरियाले अर्को आणविक परीक्षण गर्नका लागि सबै प्राविधिक तयारी पूरा गरिसकेको छ ।

माउन्टकाअनुसार उत्तर कोरियाका शासक किमले परीक्षणको प्रभाव बढाउन, संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरुले परीक्षणलाई कसरी बुझ्छन् भन्ने कुराको आकार दिन, अन्तराष्ट्रिय प्रतिक्रियाहरुलाई कमजोर पार्न वा प्योङयाङले चीनलाई शान्त पार्न सहयोग गर्नजस्ता धेरै कारणहरुका लागि बढेको तनावका बीच परमाणु परीक्षण भइरहेको छ ।

बेइजिङ (चीनियाँ सरकार)ले आफ्नो ढोकैमा गरिएको आणविक परीक्षणहरु मन पराउँदैन । तर, वाशिंगटन (अमेरिकी सरकार) र सियोललाई पनि परिस्थितिलाई यस्तो बनाएको आरोप लागेको छ ।

सियोलमा रहेको उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका प्राथ्यापक याङ मू-जिनले भने, ‘राजनीति र कूटनीतिको सन्दर्भमा किमको ध्यान संयुक्त राज्य अमेरिकालाई यसको मध्यावधि चुनावअघि नै शत्रुतापूर्ण नीतिहरु फिर्ता लिन दबाब दिनमा छ, जसका लागि यसले उत्तर कोरियाप्रति बाइडेन प्रशासनले लिएको नीति असफल भएको भन्ने सन्देश मतदाताहरुमा दिन खोजेको छ ।’

किम आफैं पनि आफ्नो देशमा आर्थिक कठिनाइको समयमा सरकारका लागि आन्तरिक समर्थनलाई बलियो बनाउन चाहन्छन् । कोरियाली प्रायद्वीपका मुद्दाहरु आउँदा किमले आफू प्रमुख व्यक्ति हुने भन्ने प्रदर्शन गर्न चाहने गरेको प्राध्यापक याङले बताए।

सियोलको इवा वुमन्स विश्वविद्यालयका प्राध्यापक पार्क वोन-गोन भन्छन्, ‘किमले उत्तर कोरियाको आणविक निशस्त्रीकरणलाई अवास्तविक लक्ष्य बनाएर परमाणु हतियार राष्ट्रको रुपमा मौन मान्यता प्राप्त गर्न र संयुक्त राज्य अमेरिकासाग आणविक निशस्त्रीकरणका लागि वार्ता गर्न खोजिरहेका छन् ।’


क्लिकमान्डु