बेलायतका प्रधानमन्त्रीले कति पाउँछन् तलब ?



काठमाडौं । एशियाली मुलका ऋषि सुनक बेलायतका प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री बनेसँगै सुनकले धेरैवटा इतिहास रचेका हुन् ।

बेलायतमा नयाँ राजा चार्ल्सले पहिलो प्रधानमन्त्री सुनकलाई बनाएका छन् भने एशियाली मूलका पहिलो प्रधानमन्त्री हुन् । सुनक बेलायतका ५७औँ प्रधानमन्त्री हुन् ।

यसैवर्ष बेलातयमा उनी तेस्रो प्रधानमन्त्री भएका छन् । एशियाली मूलका व्यक्ति बेलायतको प्रधानमन्त्री बनेसँगै उनीबारे थप चासो व्यक्त भइरहेका छन् ।

कति पाउँछन् तलब ?

प्रधानमन्त्रीको रूपमा सुनकको वार्षिक आय १ लाख ८५ हजार अमेरिकी डलर (करिब दुई करोड २३ लाख नेपाली रुपैयाँ बढी) हुन जान्छ । बेलायतकी कानून अनुसार उनले दुई तरिकाबाट तलब पाउँछन् । एउटा प्रधानमन्त्रीको रूपमा र अर्को सांसदको रूपमा उनले तलब पाउने छन् ।

सांसद र पूर्वअर्थमन्त्रीको रूपमा उनको वार्षिक आय १ लाख ७१ हजार ६४० अमेरिकी डलर थियो । प्रधानमन्त्री भएपछि उनले थप १ लाख ३० हजार १६० अमेरिकी डलर भत्ता पाउने बीबीसीले जनाएको छ ।

आम मानिसको तुलनामा उनको तलब धेरै भए पनि विश्वका कतिपय सरकार प्रमुखले पाउने तलबभन्दा उनको तलब कम छ । अमेरिकी राष्ट्रपतिको वार्षिक तलब ४ लाख अमेरिकी डलर ( करिब पाँच करोड २३ लाख नेपाली रुपैयाँ बढी) हुन्छ ।

इन्फोसिसका सह संस्थापक नारयण मूर्ति र लेखिका सुधा मूर्तिकी छोरी अक्षता मूर्ति बेलायती प्रधानमन्त्री सुनकी पत्नी हुन् । अक्षता फेसन डिजनाइर र क्याटामारन वेन्चर्स यूके नामको कम्पनीकी निर्देशक हुन् ।

कसरी बने प्रधानमन्त्री ?

यसै वर्ष पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि ऋषि सुनक यसपटक विजयी भएका हुन् ।

बेलायतले ठूला आर्थिक चुनौतीहरूको सामना गरिरहेको समयमा सुनकले कार्यभार सम्हाल्ने भएका छन् ।

पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक प्रधानमन्त्री बनेका हुन्

बेलायत अहिले दशकौँमा सिर्जना भएको सबैभन्दा उच्च महँगी र बढ्न नसकिरहेको आर्थिक वृद्धिसँग जुझिरहेको छ ।

उसको अर्थतन्त्र युक्रेन युद्ध, ब्रेक्जिट र कोभिड महामारीका कारण कमजोर बनेको छ, तर ती समस्यालाई सरकारको अस्थिरताले थप कमजोर बनाएको छ ।

विपक्षी दलहरूले नयाँ नेतासँग कार्यादेश नहुने भन्दै आमनिर्वाचनको माग गरेका छन् । फेब्रुअरी २०२० मा सुनक बेलायती अर्थमन्त्री बनेका थिए ।

त्यसको केही सातामै उनले सामना गर्नुपरेका महामारी र लकडाउनका चुनौतीहरू दोस्रो विश्वयुद्धपछि कुनै चान्सलरले झेलेकोमध्ये सबभन्दा ठूला थिए ।


क्लिकमान्डु