देशभरको २६ भन्सार कार्यालयमध्ये ११ बाट निर्यात शून्य, कुनबाट कति मूल्यको वस्तु निर्यात ?



काठमाडौं । देशभर २६ वटा भन्सार कार्यालय छन् । उक्त भन्सार कार्यालयबाट विभिन्न प्रकारका करोडौं वस्तु आयातम भइरहेको छ । तर, नेपालले अधिकांश भन्सारबाट वस्तु आयात गर्दा नेपालबाट भने करिब आधा भन्सार कार्यालयबाट निर्यात हुँदैन ।

भन्सार विभागको तथ्याङ्अनुसार चालु आर्थिक वर्षको २ महिनाको अवधिमा अधिकांश भन्सार कार्यालयबाट करोडौंको वस्तु आयात भएको देखिन्छ । तर, नेपालबाट भने ११ वटा भन्सार कार्यालयबाट एउटा वस्तु निर्यात हुन सकेको छैन ।
विभागअनुसार चालु आवको दुई महिनाको अवधिमा रसुवा, तातोपानी, सुनसरी, गौर, जनकपुर, महेश्वर, सती, भद्रपुर, सिराहा, ठाडी र राजविराज भन्सार कार्यालयबाट कुनै पनि वस्तु निर्यात हुन सकेको छैन । उक्त भन्सार कार्यालयबाट निर्यात नभएपनि आयात भने अर्बौ रुपैयाँको गरेको छ ।

नेपालले २ महिनाको अवधिमा रसुवा भन्सार कार्यालयबाट ३ अर्ब ११ करोयड ९ लाख रुपैयाँको, तातोपानीबाट १ अर्ब ४६ करोड ३८ लाख रुपैयाँको, सुनसरीबाट १ अर्ब ३४ करोड ७१ लाख रुपैयाँको, गौरबाट १५ करोड ३५ लाख रुपैयाँको, जनकपुरबाट ९ करोड ६७ लाख रुपैयाँको, महेश्वरबाट ५ करोड ८५ लाख रुपैयाँको, सतीबाट २ करोड ९८ करोड रुपैयाँको, भद्रपुरबाट २ करोड २६ लाख रुपैयाँको, सिराहाबाट १ करोड ६५ लाख रुपैयाँको, ठाडीबाट १ अर्ब ५५ करोड रुपैयाँ र राजविराजबाट ५४ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।

नेपालले आयात गरेको वस्तुको तुलनामा निर्यात निकै कमजोर छ । नेपालले गत वर्ष मात्रै १९ खर्ब बराबरको वस्तु आयात गर्दा नेपालबाट भने २ खर्ब मूल्य बराबरको निर्यात भएको थियो । नेपालले २१ खर्बको वैदेशिक व्यापार गर्दा ९ वटा भन्सार कार्यालयबाट वस्तु निर्यात हुन सकेको थिएन ।

त्यस्तै, चालु आर्थिक वर्षको २ महिनाको अवधिमा नेपालले पोने ३ खर्बको आयात गर्दा नेपालबाट २८ अर्बको निर्यात गरेको छ ।

नेपालले सो अवधिमा सबैभन्दा बढी विरागटनगर भन्सार कार्यालयबाट निर्यात गरेको छ । २ महिनाको अवधिमा नेपालले विराटनगर भन्सार कार्यालयबाट ८ अर्ब ८७ करोढड ६४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । उक्त भन्सार कार्यालयबाट नेपालले ३३ अर्ब ९२ करोड ५७ लाख रुपैयाँको वस्तु आयात गरेको छ । जसमा उक्त कार्यालयले निर्यातमा ३१ प्रतिशत हिस्सा ओगटेको छ ।

विराटनगरपछि विरगञ्ज भन्सारबाट सबैभन्दा बढी वस्तु निर्यात भएको छ । सो कार्यालयबाट नेपालले ७ अर्ब ४७ करोड ४६ लाख रुपैयाँको निर्यात गर्दा ९९ अर्ब ९१ करोड ८० लाख रुपैयाँको आयात गरेको छ ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ अर्ब ७० करोड ७३ लाख ८७ हजार रुपैयाँको निर्यात गर्दा २६ अर्ब ६९ करोड ७० लाख रुपैयाँको आयात, मेचीबाट ३ अर्ब १ करोड ४३ लाख ३० हजार रुपैयाँको निर्यात गर्दा ८ अर्ब ६४ करोड ११ लाख ३९ हजार रुपैयाँको आयात, भैरहवाबाट १ अर्ब ४ करोड ७६ लाख ९५ हजार रुपैयाँको निर्यात गर्दा ४० अर्ब ५४ करोड ४३ लाख रुपैयाँको आयात गरेको छ ।

त्यसैगरी, ड्राईपोर्टबाट ७१ करोड ६१ लाख रुपैयाँको निर्यात गर्दा ३५ अर्ब ९१ करोड ११ लाख रुपैयाँको आयात, नेपालगञ्जबाट २६ करोड ८५ लाख ५३ हजार रुपैयाँको निर्यात हुदाँ ११ अर्ब २ करोड ६० लाख रुपैयाँको आयात, कैलालीबाट २२ करोड ८१ लाख रुपैयाँको निर्यात हुँदा ३ अर्ब ७९ करोष्ड ३५ लाख रुपैयाँको आयात र जलेश्वरबाट १५ करोड ४० लाख २८ हजार रुपयाँैको निर्यात हुँदा १ अर्ब ४२ करोड १२ लाख रुपैयाँको वस्तु आयात गरेको छ ।

साथै, कृष्णनगर कार्यालयबाट १४ करोड ७८ लाख ७७ हजार रुपैयाँको निर्यात हुँदा ४ अर्ब २७ करोड ९९ लाख रुपैयाँको आयात, सुठौलीबाट २ करोड ८८ लाख ८० हजार रुपैयाँको निर्यात हुँदा ४४ करोड ८६ लाख रुपैयाँको आयात, सर्लाहीबाट ६६ लाख ३८ हजार रुपैयाँको निर्यात गर्दा ६ करोड ७८ लाख रुपैयाँको आयात, कन्चनपुरबाट ३६ लाख ५३ रुपैयाँको निर्यात गर्दा २४ करोड १० लाख रुपैयाँको आयात, चोभारबाट ३३ लाख रुपैयाँको निर्यात गर्दा ६ करोड ७८ लाख रुपैयाँको आयातबाट र गौतम बुद्ध एयरपोर्टबाट २८ लाख ३४ हजार रुपैयाँको निर्यात गर्दा २६ लाख ८१ हजारको आयात गरेको छ ।


क्लिकमान्डु