बढ्यो कर्जाको ब्याज, कुन बैंकबाट कर्जा लिन कति पर्छ ?



काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको चाप बढेसँगै कर्जाको ब्याजदर बढेको छ ।

असोज महिनामा निक्षेपको ब्याजदर बढेको छ । निक्षेपको ब्याजदर बढेपछि स्वभाविक रुपमा कर्जाको समेत ब्याजदर बढ्ने गर्दछ ।

वाणिज्य बैंकहरुले असोज १ गतेदेखि नयाँ ब्याजदर लागू गरेका छन् । गत बिहीबार बसेको बैंकर्स संघको पूर्ण बैठकले यसअघिको भद्र सहमति तोडेर राष्ट्र बैंकको निर्देशनअनुसार अघिल्लो महिनाको भन्दा १० प्रतिशतसम्मले ब्याजदर तलमाथि गर्न पाउने व्यवस्था गरेको छ ।

संघको उक्त निर्णयसँगै बैंकहरु ब्याजदर बढाउन स्वतन्त्र भएका छन् । यो सँगै सबै बैंकहरुले असोज १ गतेदेखि लागू हुनेगरी ब्याजदर बढाएका छन् ।

उक्त निर्णयपछि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसमा बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदर १२.१३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको १०.१३ र रेमिट्यान्स मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याजदर कायम गरेका छन् । एनसीसीले रेमिट्यान्स मुद्दतिमा १५ र प्रभुले १५.१३ प्रतिशत ब्याज दिने भएको छ ।

बजारमा तरलता (लगानीयोग्य रकम) को अभाव हुँदा कर्जा र निक्षेपको ब्याजदर बढ्छ । निक्षेप धेरै संकलन भयो भने कर्जाको ब्याजदर घट्ने गर्दछ । अहिले पनि बैंकमा लगानीयोग्य रकमको अभाव कायमै छ । तरलता अभाव न्यून गर्न केन्द्रीय बैंकले रिपो जारी गर्ने, सापटी दिने गर्दै आएको छ । यद्यपि तरलता अभाव सहज हुन सकेको छैन ।

अहिले कर्जाको ब्याज पनि बढेको छ । वाणिज्य बैंकको औषतमा आधारदर ९.६३ प्रतिशत रहेको छ । सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकमध्ये आधारदर ९.६३ प्रतिशत रहेको छ । औषतभन्दा कम आधारदर हुनेमा ११ वटा बैंक रहेका छन् । बाँकी बैंकको आधारदर औषतभन्दा बढी रहेको छ ।

एभरेष्ट बैंकको ८.९२, स्टयान्डर्ड चार्टर्ड बैंकको ८.४, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.०२, कृषि विकास बैंकको ८.९, राष्ट्रिय वाणिज्य बैंकको ७.८६, ग्लोबल आइएमई बैंकको ९.४, सिद्धार्थ बैंकको ९.५, नेपाल बैंकको ८.३९, सानिमा बैंकको ९.०२, प्रभु बैंकको ९.४२, नबिल बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ ।

बाँकी बैंकको आधारदर औषतभन्दा बढी रहेको छ । सबैभन्दा बढी आधारदर सिभिल बैंकको रहेको छ । बैंकको आधारदर १०.७३ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा अधिकतम १७.७३ प्रतिशत ब्याज लाग्ने छ ।

बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार कर्जा लिँदा सबैभन्दा बढी ब्याज बैंक अफ काठमाण्डूको रहेको छ । बैंकको आधारदर १०.४ प्रतिशत रहेको छ । त्यसमा ८ प्रतिशत प्रिमियम थप्दा कर्जाको ब्याज १८.०४ प्रतिशतसम्म पुग्नेछ ।

सबैभन्दा कम ब्याज सरकारी स्वामित्व रहेका बैंकको रहेको छ । राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिँदा अधिकतम १२.८६ प्रतिशत ब्याज लाग्ने छ ।

बैंकको आधारदर ७.८६ प्रतिशत रहेको छ । त्यसमा ५ प्रतिशत प्रिमियम थपिने छ । यस्तै कृषि विकास बैंकबाट कर्जा लिँदा १३.९ प्रतिशत ब्याज लाग्ने छ ।

बैंकको आधारदर ८.९ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ५ प्रतिशत प्रिमियम थपिने छ । यस्ते नेपाल बैंकबाट कर्जा लिँदा १३.८९ प्रतिशत ब्याज लाग्ने छ । बैंकको आधारदर ८.३९ प्रतिशत रहेको छ । त्यसमा ५.५ प्रतिशत प्रिमियम थपिने छ ।

एभरेष्ट बैंकबाट कर्जा लिदाँ अधिकतम १५.९२ प्रतिशकत ब्याज लाग्नेछ । बैंकको आधारदर ८.९२ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिने छ ।

यस्तै एनआईसी एशिया बैंकबाट कर्जा लिँदा १६.५४ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.०४ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६.५ प्रतिशतसम्म प्रिमियम थपिने छ ।

नेपाल एसबीआई बैंकबाट कर्जा लिँदा अधिकतम १६ प्रतिशत ब्याज लाग्ने छ । बैंकको आधारदर १० प्रतिशत रहेको छ । आधारदरमा ६ प्रतिशत प्रिमियम थपिने छ ।

एनसीसी बैंकबाट कर्जा लिँदा १७.१७ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकको आधारदर १०.१७ प्रतिशत रहेको छ भने त्यसमा ७ प्रतिशत प्रिमियम थपिने छ ।

कुमारी बैंकबाट कर्जा लिँदा १६.९९ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकको आधारदर १०.४९ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६.५ प्रतिशत प्रिमिमय थपिने छ ।

यस्तै माछापुच्छ्रे बैंकबाट कर्जा लिँदा अधिकतम १७.४५ प्रतिशत ब्याज लाग्ने छ । बैंकको आधारदर ९.९५ प्रतिशत रहेको छ । त्यसमा ७.५ प्रतिशत प्रिमियम थपिने छ ।

हिमालयन बैंकबाट कर्जा लिँदा १५.८८ प्रतिशत ब्याज लाग्नेछ । जसको आधारदर ९.८८ प्रतिशत रहेको छ भने त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।

स्टयान्डर्ड चार्टर्ड बैंकबाट कर्जा लिँदा १५.९ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ८.४ प्रतिशत रहेको छ । त्यसमा ७.५ प्रतिशत प्रिमियम थपिनेछ ।

सनराइज बैंकबाट कर्जा लिँदा १७.४२ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.४२ प्रतिशत रहेको छ । कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको आधारदर ९.०२ प्रतिशत रहेकोछ । बैंकबाट कर्जा लिँदा ७ प्रतिशत प्रिमियम सहित १६.०२ प्रतिशत ब्याज लाग्नेछ ।

यस्तै सेन्चुरी बैंकबाट कर्जा लिँदा १७.४ प्रतिशत कर्जा लाग्नेछ । बैंकको आधारदर १०.४ प्रतिशत रहेको छ । आधारदरमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।

सिटिजन्स बैंकबाट कर्जा लिँदा १६.५५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.५५ प्रतिशत रहेको छ । आधारदरमा ६ प्रतिशत प्रिमियम थपिनेछ । ग्लोबल आइएमई बैंकबाट कर्जा लिँदा १५.४ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.४० प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।

लक्ष्मी बैंकबाट कर्जा लिँदा १५.९९ प्रतिशत अधिकतम ब्याज लाग्नेछ । बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६ प्रतिशत प्रिमियम थपिनेछ ।

मेगा बैंकबाट कर्जा लिँदा १७.१९ प्रतिशत ब्याज लाग्नेछ । अहिले बैंकको आधारदर १०.१९ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिनेछ ।

यस्तै सिद्धार्थ बैंकबाट कर्जा लिँदा अधिकतम १५.५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.५ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिने छ ।

सानिमा बैंकबाट कर्जा लिनुपरेमा १६.०६ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.०२ प्रतिशत रहेको छ भने त्यसमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।

प्रभु बैंक असोजमा कर्जा लिँदा १६.४२ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर ९.४२ प्रतिशत रहेको छ । त्यसमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।

प्राइम बैंकबाट कर्जा लिँदा १६.९८ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ । त्यसमा ९.९९ प्रतिशत प्रिमियम थपिनेछ ।

यस्तै एनएमबी बैंकबाट कर्जा लिँदा १५.९७ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.९७ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।

नलिब बैंकबाट कर्जा लिँदा १५.७७ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिनेछ ।


सोभित थपलिया