बेलायती महारानीको राज्याभिषेक नहुञ्जेल किन गोप्य राखियो सगरमाथा चढेको खबर ?
काठमाडौं । माउन्ट एभरेष्ट (सगरमाथा) आरोहणका लागि सुनियोजित र व्यवस्थित अभियानको शुरुआत सन् १९२२ मा भएको थियो । अर्थात् आजभन्दा ठीक एक सय वर्ष पहिला । तर विश्वको सबैभन्दा अग्लो हिमाल आरोहणको अभियान पूरा हुन ३१ वर्ष लागेको थियो ।
तर, २९ मे १९५३ मा न्यूजिल्याण्डका नागरिक एडमण्ड हिलारी र नेपालका शेर्पा तेनजिङ नोर्गेको सगरमाथामाथिको जितको जानकारी बाँकी विश्वले जसरी पाएको थियो त्यसको इतिहास कम रोमाञ्चक छैन ।
सबैभन्दा अचम्म के छ भने यति ठूलो समाचार पाँच दिन विश्वमा लुकाइएको थियो ताकि बेलायतमा महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेकका दिन बिहान यसको घोषणा गरियोस् ।
आजको विश्वमा सायद यसरी गोपनीयता राख्ने कुराको कल्पना गर्न सकिँदैन । तर त्यस सयम पनि यो काम सहज भने थिए । त्यस समय द टाइम्सका पत्रकार जेम्स मोरिसले यसका लागि निकै ‘पापड बेल्नु’परेको थियो ।
महारानीका लागि खास उपहार
मोरिस एभरेष्ट अभियानको समाचार संकलनका लागि ‘आधिकारिक संवाददाता’ थिए । बेलायत सरकारको आर्थिक सहायताका कारण यो पूर्ण रुपमा बेलायती एभरेष्ट अभियान थियो । यस अभियानको उदेश्य मध्ये एक थियो महारानीको राज्याभिषेकको अवसरमा उनलाई एक विशेष उपहान दिनु । र यो विशेष उपहार थियो- एभरेस्टमाथि विजयको समाचार ।
जेम्स मोरिसले पछि यस अभियानका बारेमा ‘कोरोनेशन एभरेस्ट’ नामक पुस्तक लेखे । उनले यस अद्भुत घटनाका बारेमा विस्तारसँग उल्लेख गरेका छन् ।
‘द टाइम्स’ म्यागजिनले पछि लेखेको थियो, ‘सांकेतिक शब्द या कोडको प्रयोगको माध्यमबाट तयार हाम्रो त्यस ‘स्कूप’ले रानीको राज्याभिषेकको आनन्दलाई दुई गुणा बढाइदिएको थियो ।’
तेन्जिङ नोर्गेका छोरा जामलिङ तेनजिङ पनि पर्वतारोही हुन् र सगरमाथा माथि विजय हासिल गरिसकेका छन् । उनले बीबीसी बांग्लासँग भने, ‘पूरै अभियानलाई निकै गोप्य राखिएको थियो । बेलायत चाहन्थ्यो कि महारानीको राज्याभिषेक भन्दा पहिला नै एभरेस्टमाथि झण्डा फहराइयोस् । यो भन्न सकिन्छ कि यो समाचार राज्याभिषेकका दिन साम्राज्यको तर्फबाट महारानीका लागि एक शानदार उपहार थियो ।’
तर जामलिङ बुवाले सगरमाथामा बेलायतको मात्र होइन नेपाल, संयुक्त राष्ट्र र भारतको झण्डा फहराएका थिए ।
खबर पठाउने होड
एभरेष्ट अभियानको समाचार पठाउनका लागि जेम्स मोरिसमात्र होइन अन्य दुई वरिष्ठ पत्रकार पनि त्यस समय नेपालको खुम्बू क्षेत्रमा घुमिरहेका थिए ।
पर्वतारोहणका इतिहासविद मार्क होरेलका अनुसार, ‘मोरिसलाई त्यस अभियानबारे समाचार संकलन गर्ने कन्ट्रयाक दिइएको थियो । तर उनीबाहेक द डेली मेलका राल्फ इजार्ड र रोयटर्सका पीटर ज्याक्सन पनि त्यस समय त्यहीँ क्याम्प लगाएर बसेका थिए ।’
उनीहरु पनि गाइड र सामान बोक्नेलाई भाडामा लिएर दिनहुँ यता उता घुमिरहेका थिए र सगरमाथा आरोहणबारे तमाम जानकारी लिइरहेका थिए ।
अभियान कहाँ पुग्यो या कोही हताश भएर फर्किए भन्नेबारे उनीहरु सचेत भएर हेरिरहेका थिए । अभियानमा थोरैमात्र सफलता या असफलता हुने स्थितिमा एभरेष्ट बेस क्याम्पबाट उक्त खबर ‘रनर’को माध्यमबाट तल नाम्चे बाजार नामक पहाडी गाउँमा पठाउने व्यवस्था थियो । नजिकको टेलिग्राफ अफिस त्यही थियो ।
प्रहरी सेवामा रहेका तिवारी थरका एक व्यक्ति त्यस टेलिग्राफ अफिसमा अपरेटरको रुपमा कार्यरत थिए । तर कुनै गोपनीय समाचार पठाउने स्थितिमा खतरा यो थियो कि त्यस रनर या तिवारीसँग सोधपुछ गर्दा समाचारबारे खुलासा हुन्थ्यो । यसका अलावा टेलिग्राफको माध्यमबाट पठाइने सूचनालाई कसैले कान लगाएर सुन्न सक्ने जोखिम पनि थियो ।
यस कारण जेम्स मोरिसले यो अभियानको खबर एक सांकेतिक या गोपनीय कोडबाट काठमाडौंबाट लण्डन पठाउने तय गरे ।
यस गोपनीय कोडको जानकारी मोरिसका अलावा काठमाडौंस्थित ‘द टाइम्स’ का अन्य पत्रकार आर्थर हचिंसनलाई थाहा थियो । हचिंसनमाथि समाचार लण्डन पठाउने जिम्मेवारी थियो । तर पछि इच्छा नहुँदा नहुँदै पनि तिवारीलाई पनि यसबारेमा जानकारी दिन परेको थियो ।
‘एडवान्स्ड बेस एबन्डन्ड’
सांकेतिक शब्दको जो सूची बनाइएको थियो जो पहिलेको जस्तै थियो । एडमण्ड हिलारीको सट्टा ‘एडवान्स्ड बेस्ड एबन्डन्ड’ र तेनजिङ नोर्गेको सट्टा ‘अवेटिंग इम्प्रूवमेन्ट’ भनिने तय गरिएको थियो । यसबाट लाग्थ्यो कि मौसम राम्रो हुने पर्खाइ भइरहेको छ । यस्ता अनेक शब्द थिए ।
उता,लण्डनमा टाइम्सको सम्पादकीय टीमलाई पनि यस बारे जानकारी दिइएको थियो । यस कोडको प्रयोग सगरमाथा माथिको विजयको स्थितिमा गरिने छ । बाँकी खबर जेम्सले सामान्य रुपमा पठाउने भनिएको थियो ।
हिलारी र तेनजिङले सगरमाथा अभियान सफलतापूर्वक पूरा गरेको अघिल्लो दिन बेस क्याम्पमा बसेका जेम्स मोरिसले आफ्नो टाइपराइटरमा केही यस्तो सन्देश लेखेका थिए । ‘स्नो कन्डिसन्स ब्याड स्टप एडवान्स्ड बेस एबन्डन्ड यस्टरडे स्टप अवेटिंग इम्प्रूभमेन्ट अल वेल ।’
सरसरी यो वाक्य पढ्दा यस्तो लाग्नु स्वभाविक हो कि अभियान रद्द गरिएको छ । तर यसको वास्तविक अर्थ थियो….गत (२९ मे) मा एडमण्ड हिलारी र तेनजिङ नोर्गेले एभरेष्टको चुचुरोमा जीत हासिल गरेका छन् र सबै राम्रो चलिरहेको छ ।
‘स्नो कन्डिसन्स ब्याड’को अर्थ थियो सगरमाथा आरोहण अभियान पूरा भइसकेको छ ।
यो सन्देश लिएर एक रनर नाम्चे बाजारतर्फ कुदे । जहाँ तिवारीले आफ्नो रेडियोबाट काठमाडौंस्थित आर्थर हचिंसनलाई सन्देश पठाए । हचिंसनको माध्यमबाट त्यसै दिनको दुई बजे यो सूचना लण्डनमा टाइम्सको कार्यालयमा पुगेको थियो ।
अर्को दिन नाम्चे बाजारमा जेम्स मोरिससँग रोयटर्सका पीटर ज्याक्सनको अचानक भेट भयो । मोरिसले तब यस्तो देखाए मानौं बेलायती अभियान असफल भयो । अर्को वर्षको एभरेष्ट अभियानको परमिट फ्रेन्च मानिसले किनेका थिए । उनीतर्फ संकेत गर्दै मोरिसले भने,’तपाईंलाई थाहा छ कि फ्रान्सीसी यस्तो गर्छन् ।’
पिटर ज्याक्सनको हल्का सन्देशमा थियो उनले आफ्ना परम मित्रलाई केही भनेनन् ।
यसरी गरियो घोषणा
दुई जुनको बिहान ‘द टाइम्स’ पत्रिकाको शीर्षक थियो-एभरेस्ट कंकर्ड: हिलारी एण्ड तेनजिङ रिच द समिट । अर्थात् एभरेष्ट विजय सम्पन्न-हिलारी र तेनजिङ शिखरमा पुगे ।
यो समाचारको छेउमा त्य दिन हुन लागेको रानीको राज्याभिषेकको समाचार पनि थियो । यसमा त्यसको जानकारी दिइएको थियो कि राज्याभिषेकका लागि निर्धारित मार्गमा कसरी हजारौं मानिस लण्डनको सडकमा सुते ।
जेम्स मोरिस त्यस दिन नाम्चे बजारबाट दक्षिणतर्फ करीब ६ मील तल झरे । दूधकोशी नदीको किनारा आफ्नो क्याम्पमा रेडियोमा बीबीसी लगाए । उनले सुने कि आखिर माउन्ट एभरेस्टमा मानिसको पाइला पुगेको छ र अभिषेक भन्दा ठिक अघि महारानी एलिजाबेथलाई यो शुभ समाचार दिइयो ।
त्यस दिन संवाददाताले पनि भनेका थिए कि, द टाइम्सको एक वितरणबाट सबैभन्दा पहिला एभरेष्ट विजयको समाचार प्राप्त भएको थियो । यो खबर सुनेर जेम्सको अनुहार र आँखामा सन्तोषको खुसी फैलियो । ‘कोरोनेशन एभरेस्ट’ पुस्तकमा उनले पछि यसबारे लेखेका थिए ।
बेलायती सञ्चारमाध्यममा पनि यस बारे आम राय थियो कि यो समाचारबाट रानीको राज्याभिषेक एक ऐतिहासिक क्षणलाई नयाँ उचाइँ प्राप्त भएको छ । उनीहरुले चार/पाँच दिनसम्म यस समाचार लुकाएर राख्नु सार्थक भएको राय राखेका थिए ।
के रानी एलिजाबेथ द्वितीय स्वयं पनि यस समाचारबाट खुसी थिइनन् ?
यो शानदार कहानीका पात्र आज कहाँ छन् ?
श्वास रोकिदिने यस कहानीका लगभग सबै पात्र अब यस विश्वमा छैनन् । पत्रकार जेम्स मोरिस तेस्रो लिंगी थिए । पछि उनले लिंग परिवर्तन गरेर महिला बने र जेन मोरिस नाम राखे । ट्राभल राइटरको रुपमा पनि उनी निकै चर्चित थिए । नोभेम्बर २०२० मा ९४ वर्षको उमेरमा उनको वेल्समा निधन भयो ।
एडमण्ड हिलारीलाई एभरेष्टमा विजय प्राप्तीको साल अर्थात् १९५३ मा महारानी एलिजावेथले राजदरबारमा रात्रिकालिन भोजसहित सम्मानित गरेकी थिइन् । उनको निधन ८८ वर्षको उमेर न्यूजिल्याण्डमा भएको थियो ।
उनका आजीवन मित्र तेनजिङ नोर्गे पछि भारतको दार्जिलिङमा बस्न थाले । उनको निधन ७२ वर्षको उमेरमा १९६८ मा भएको थियो ।
तेनजिङका छोरा र महारानीबीच भेट
२९ मे २०१३ मा विश्व एभरेस्ट दिवसको अवसरमा एलिजाबेथ द्वितीयसँग जामलिङको भेट भएको थियो ।
बेलायतको रोयल ज्योग्राफिकल सोसाइटीले त्य वर्ष २९ औं एभरेस्ट विजयको ६० वर्ष पूरा भएको अवसरमा लण्डनमा एक भव्य समारोहको आयोजना गरेको थियो । जहाँ विश्वभरका चर्चित पर्वतारोही सहभागी भएका थिए ।
एलिजाबेथ द्वितीय समारोहको मुख्य अतिथी थिइन् । यस समारोहमा तेनजिङ नोर्गेका छोरालाई पनि आमन्त्रित गरिएको थियो ।
जामलिङले एलिजाबेथलाई स्मरण गर्दै भनेका थिए, ‘उनी निकै विनम्र र मर्यादित महिला थिइन् । निजी कुराकानीका क्रममा उनले मेरा बुवाको बारेमा सोधिन् र राज्याभिषेका दिनबारे बयान गरिन् ।’
यसले रानीको राज्याभिषेकको क्षण अझ यादगार बनायो । रानीको ९६ वर्षको उमेरमा ८ सेप्टेम्बरमा स्कटल्याण्डको बालमोरल महलमा सधैका लागि बिदा लिइन् ।
बीबीसी हिन्दीबाट भावानुवाद